सबैभन्दा बढी कर तिर्यो सूर्य नेपालले, यी हुन् बढी कर तिर्नेहरू
Saturday Nov 17, 2018
वि.सं.२०७५ मंसिर १ शनिवार ०७:११
काठमाडौं । नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आन्तरिका राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।
विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा। लि। परेको छ । निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा। लि छ। उत्पादनमूलक उद्योगमा हिमाल पावर कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ।
व्यक्तिगततर्फ सबैभन्दा बढी करतिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन्।
सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम छ।
हेर्नुस् सूचीः























