CG Electronics
IME Life
NIMB

नेविसंघको म्याद फागुनसम्म थप्दै, म्यादथपका विषयमा पौडेल र देउपा पक्षबिच चर्काचर्की

NIMB
Himalayan Bank

काठमाडौ । विधान संशोधन मस्यौदा समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेका कारण नेपाली कांग्रेसको महासमितिको बैठक अझै अन्योलमा छ । यसअघि मंसिरको पहिलो साता बस्ने गरी महासमिति बैठकको मिति तय गरिएको थियो ।

तर, विधान मस्यौदा समितिले प्रतिवेदन नबुझाएको भन्दै मंसिर २९ देखि पुस ३ गतेसम्मका लागि सारियो । तर, त्यो मितिमा पनि महसमितिको बैठक बस्ने सम्भावना कमजोर भएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

सभापति देउवा पक्ष वर्तमान केन्द्रीय समितिलाई नै कम्तीमा स्ववियु निर्वाचन सम्पन्न नभएसम्मका लागि तन्काउने रणनीतिमा छ । देउवाको यो रणनीतिलाई साथ दिने कि नदिने रु भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेल पक्षमा विवाद छ ।

पार्टी सभापति शेरबहादुर देउवाले मंसिर १ गते शनिबारका लागि बोलाएको केन्द्रीय समितिको आकस्मिक बैठकमा महासमितिको तयारीबारे छलफल हुने अनुमान गरिएको थियो । तर, नेविसंघको संकट समाधानबाहेक बैठकमा अरू एजेन्डा नरहेको उपसभापति विमलेन्द्र निधिले जनाएका छन् ।

नेपाली कांग्रेसको मुख्य भ्रातृ संस्थाका रूपमा रहेको नेविसंघको वर्तमान केन्द्रीय समितिको म्याद मंसिर २ गते समाप्त हुँदै छ । तत्काल १२औँ महाधिवेशन हुन नसक्ने र साबिकको केन्द्रीय समितिको म्यादसमेत सकिने अवस्था भएकोले आवश्यक छलफलका लागि पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको उपसभापति निधिको भनाइ छ ।

नेविसंघको वर्तमान कार्यसमितिको म्याद गत भदौ २ गते सकिएको थियो । आपतकालीन अवस्थामा तीन महिना थप्न सकिने वैधानिक प्रावधानअन्तर्गत मंसिर २ गते सम्मका लागि तन्काइएको थियो । त्यो म्याद पनि अब सकिँदै छ । आगामी फागुनमा स्ववियु निर्वाचन हुन गइरहेका कारण नेविसंघको संकट तत्काल समाधान गर्नुको विकल्प नेपाली कांग्रेससँग छैन ।

तर, संकट समाधान कसरी गर्ने ? भन्ने विषयमा कांग्रेसभित्र विवाद जारी छ । सभापति शेरबहादुर देउवा पक्ष वर्तमान केन्द्रीय समितिलाई नै कम्तीमा स्ववियु निर्वाचन सम्पन्न नभएसम्मका लागि तन्काउने रणनीतिमा छ । देउवाको यो रणनीतिलाई साथ दिने कि नदिने रु भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेल पक्षमा विवाद छ ।

गत आम निर्वाचनपछि पौडेल पक्षमा लागेका नेता कृष्णप्रसाद सिटौला वर्तमान केन्द्रीय समितिकै म्याद थप्नुपर्ने पक्षमा छन् । ११ औँ महाधिवेशनमा देउवासँग समीकरण गरेका कारण महामन्त्रीलगायत केही महत्वपूर्ण पदमा सिटौलाका कार्यकर्ता छन् । वर्तमान समिति भंग भई तदर्थ समिति बनेको अवस्थामा आप्mनो यो हैसियत समाप्त हुने डर सिटौलालाई छ ।

सिटौलाको यो डर स्वाभाविक पनि हो । अर्कोतिर सिटौला समूह सामेल भएका कारण नेविसंघको वर्तमान केन्द्रीय समितिमा पौडेल पक्षको बहुमत छ । अब तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गर्ने सम्भावना रहेको भन्दै पौडेल पक्षकै कतिपय नेताहरूले वर्तमान केन्द्रीय समितिलाई नै निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

सभापति देउवा भने वर्तमान केन्द्रीय समितिलाई निरन्तरता दिनु परे पनि राजी छन्, विकल्पमा तदर्थ समिति गठन गर्नुपरे पनि राजी छन् । आप्mनो बहुमत हुने गरी तदर्थ समिति गठन गर्न देउवालाई कुनै पनि शक्तिले रोक्ने अवस्था छैन ।

यसैगरी, दुई वर्षअघि महाधिवेशन सम्पन्न भएको नेपाल तरुणदल पनि संकटमा गुज्रिरहेको छ । ९५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था नेपाल तरुणदलको विधानमा छ । तर, विगत २ वर्षदेखि ४ जना पदाधिकारी मात्रै छन् । तरुणदलको म्याद अब एक वर्ष मात्रै बाँकी छ ।

यस विषयमा पनि छलफल हुनुपर्ने माग पार्टीभित्र उठिरहेको छ । तरुणदलको केन्द्रीय समितिमा नेतापुत्रहरू ल्याउने सहमति देउवा र पौडेलबीच भएको थियो । त्यो सूचीमा देउवाका छोरा जयवीर सिंह, पौडेलका छोरा चिन्तन र प्रकाशमान सिंहका छोरा प्रभाषमान लगायतको नाम थियो ।

तर, पूर्वअध्यक्ष बालकृष्ण खाण यो सहमतिको विपक्षमा उत्रेका कारण तरुणदलको केन्द्रीय समितिलाई पूर्णता नदिइएको समाचार स्रोतले जनाएको छ । २९२ वर्षसम्म तरुणदलको कन्तविजोग हुँदा पनि वरिष्ठ नेता पौडेलले मुख नखोल्नुको कारणलाई धेरैले रहस्यमय रूपमा लिएका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...