CG Electronics
IME Life
NIMB

कूलिङ सिस्टमको साथ पोकोको नयाँ स्मार्टफोन आउँदै

NIMB
Himalayan Bank

 

काठमाडौं । पोकोको नयाँ स्मार्टफोन एफफोर फाइभजी जुन महिनाको २३ तारिखमा विश्वब्यापी रुपमा लञ्च गर्ने तयारी गरिएको छ। यस फोनमा शक्तिशाली प्रोसेसरदेखि लिएर क्यामेरासम्म पनि फुल फोकस दिइएको छ । पोको एफफोर फाइभजीलाई पोको एक्सथ्री प्रोको प्रतिस्थापन पनि भनिएको छ । यसको सुविधाहरू र डिजाइन धेरै हदसम्म रेड्मी के४०एससँग मेल खान्छ।

यो फोन 12GB LPDDR5 RAM र 256GB UFS 3.1भण्डारणको साथ आउनेछ। यो नयाँ स्मार्टफोनमा ६।६७ इन्चको फुल एचडी एमोलेड डिस्प्ले दिइनेछ । जसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ।

 

पावरको लागि, यस फोनमा 4,520mAh  ब्याट्री दिइनेछ, जुन 67Wफास्ट चार्जिङ सपोर्टले सुसज्जित हुनेछ। स्टोरेज बढाउन फोनमा माइक्रोएसडी कार्ड स्लट पनि दिइएको छ, यो फोन एन्ड्रोइड १२ मा आधारित MIUI १३ मा काम गर्नेछ। गेमिङका लागि फोनमा LiquidCool 2.0 कुलिङ सिस्टम दिइनेछ, जसले लामो समय गेम खेल्दा पनि तपाईंको फोनलाई तात्न दिँदैन।

फोटो र भिडियोका लागि फोनको पछाडि ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। जसमा ६४ एमपी प्राइमरी क्यामेरा लेन्स, ८ एमपी अल्ट्रा वाइड एंगल लेन्स र २ एमपी म्याक्रो लेन्स हुनेछन्। सेल्फी र भिडियो कल कुराकानीको लागि फोनमा विशेष २० एमपी फ्रन्ट क्यामेरा लेन्स दिइनेछ। यो फोन कालो र हरियो गरी दुई कलर विकल्पहरूमा ल्याइएको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...