nic bank
himalayan everesat
Nmb bank

सर्वोच्च अदालतले विद्युतीय गाडीमा कर नबढाउन सरकारको नाममा परमादेश 

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय गाडीमा कर बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र सपना प्रधान मल्लको संयुक्त इजालासले यस्तो आदेश जारी गरेको हो । यो संगै बजेट निर्माणमा विवादित बनिरहेको अर्थमन्त्री जनार्दन शर्मालाई सर्वोच्चको अर्को झट्का लागेको छ ।

दैनिक बढिरहेको प्रदूषण कम गर्न सरकारले विद्युतीय सवारीको प्रयोग बढाउने वातावरण सृजना गर्नुपर्ने माग गर्दै शशि बस्नेत समेतको टोलीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यस्तो परमादेश जारी गरेको हो ।

सर्वोच्चले संविधानको मर्म र भावना विपरीत विद्युतीय सवारीमा कर बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई परमादेश जारी गरेको हो । नेपालमा जलविद्युतको सम्भावना भएकाले विद्युतीय गाडीमा कर नबढाई राष्ट्रिय हितअनुकूल स्रोत साधनको संरक्षण, सम्वद्र्धन र वातावरण अनुकूल दिगो रुपमा उपयोग गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

साथै, सर्वोच्चले वातावरणीय कानुनको विकासमा पर्न गएको प्रभाव र आगामी दिनमा अवलम्बन गर्नुपर्ने उपायको सम्बन्धमा सुझाव दिन एक विज्ञ र सरोकारवालाको प्रतिनिधित्व हुनेगरी कार्यदल गठन गर्न समेत परमादेश जारी गरेको छ ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...