CG Electronics
IME Life
NIMB

रोयल क्यासिनोमा जुवा खेल्दै गर्दा एक नेपालीको मृत्यु , कारबाहीबाट बच्न शक्तिकेन्द्र धाउदै थापामगर र टन्डन

NIMB
Himalayan Bank

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा बेहोस भई एक नेपालीको निधन भएको छ । प्रचलित कानुनी व्यवस्थाविपरीत क्यासिनोमा पुगेर जुवा खेलेका सिरहा लाहानका बुद्धिलाल शाहको कार्तिक ८ गते बिहीबार जुवा खेल्दै गर्दा मृत्यु भएको हो । जुवा खेल्ने क्रममा बेहोस भएका शाहलाई प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पताल पु९याइएपनि अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध छ तर नेपालीहरु क्यासिनो प्रवेशमा भारतीय परिचयपत्र देखाई क्यासिनो प्रवेश गर्ने गरेको खुलेको छ । उनको निधनबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जुवा खेल्ने प्रवृत्तिले पारिवारिक कलह बढेको भन्दै नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएको छ ।
क्यासिनोमा भारतीय परिचयपत्रको आडमा जुवा खेल्दै आएका शाह एक्कासि बेहोस भएका थिए । शाहको मृत्यपछी उनको साथ बाट भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचयपत्र प्रहरीले भेटाएको जनाएको छ । क्यासिनोमा धेरै रकम हारेपछि हार्ट अट्याक भयर शाहको मृत्यु भएको कर्मचारीहरु बताउछन । रोयल क्यासिनोले नेपालि खेलाडी हरुलाई जुवा खेल्नको लागि नक्कली कर्मचारी परिचय पत्र बनाउने या नक्कली भारतीय कार्ड बनाइ क्यासिनो छिराउने गरेको एक कर्मचारीले जनसवाललाई बताए । क्यसिनोकी नक्कली संचालिका जयन्ति थापामगर र सिइओ गिरीधर टण्डनको मिलेमतोमा क्यासिनोमा नेपालीलाई प्रबेश गराउने गरिएको छ । शाहको मृत्यपछि रोयल क्यासिनोमा नेपालि प्रवेश गराइने गरेको प्रमाणित भएको छ ।
रोयल क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा शाहको निधन भएपछि क्यासिनो सञ्चालकको मिलेमतोमा सुरक्षागार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दरबारमार्ग प्रहरी प्रभागका प्रमुख र क्यासिनो सञ्चालकबीच भएको मिलेमतोमा सञ्चालकलाई उन्मुक्ति दिई सुरक्षागार्डलाई पक्राउ गरी लगेको आरोप कर्मचारीहरुको रहेको छ । सो घटनामा क्यासिनोका सञ्चालक, व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिनुपर्नेमा त्यसो नभई सुरक्षागार्ड रत्न रायमाझीलाई गत १० गते पक्राउ गरेको थियो कर्मचारीहरुको विरोधपछि उनलाई धरौटीमा रिहा गरिएको छ ।
प्रहरीले साधारण कर्मचारीलाई पक्राउ गरेपनि क्यसिनोकी संचालिका थापामगर भने पैसाकै आडमा पक्राउ परेकी छैनन् उनि उक्त घटना पछि क्यासिनो भने गएकी छैनन् । थापामगर क्यासिनोमा नहुदा क्यासिनोका सम्पूर्ण गतिबिधि टन्डनले गर्ने गरेका छन् धेरै बर्ष क्यासिनो रयाडमा काम गरेका क्यासिनोका खेलाडी मानिने टन्डनले प्रहरी सेटिंग मिलाएर क्यासिनोमा खुलमखुल्ला नेपालि छिराउन पहल गरिरहेका छन् । त्यसकै लागि टन्डन शक्तिकेन्द्र धाउदै छन् टन्डन करिब दुइ हप्ता पहिले मात्रै रोयल क्यासिनोमा प्रबेश गरेका हुन् थापामगर कारबाही बाट बच्न शक्तिकेन्द्र धाई नै रहेकी छन् । यता क्यसिनोकी संचालिका जयन्ति थापामगरले भने प्रहरी बाट बच्न कार्तिक २७ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा ३०००० धरौटी राखी मङ्सिर १६ गतेलाई तारेख लिएकी छन् । थापामगरले आफुलाई प्रहरीबाट बचाउन र प्रहरीलाई प्रभावित पार्न क्यासिनोका सेक्युरिटी प्रमुख पूर्व डिएसपीलाइ जिम्मा लगाएकी छन् । भारतीय नागरिक आशिष पटेलले लगानी गरेको क्यासिनोमा थापामगरलाई देखावटी संचालिका राखिएको स्वयं थापामगर नै बताउछिन ।
क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध गरेको छ तर नेपालीहरु क्यासिनो प्रवेशमा भारतीय परिचयपत्र देखाई क्यासिनो प्रवेश गर्ने गरेको प्रस्ट भएको छ । लामो समयदेखि रोयल क्यासिनोमा भारतीय नागरिक भन्दै नेपालीलाई प्रवेश गराउँदै आएको छ । सोबारे सम्बन्धित निकायले समेत ध्यान नदिएपछि अवैध कार्यमा तीव्रता आएको छ । रोयल क्यासिनोले नेपालि खेलाडी हरुलाई जुवा खेल्नको लागि नक्कली कर्मचारी परिचय पत्र बनाउने या नक्कली भारतीय कार्ड बनाइ क्यासिनो छिराउने गरेको एक कर्मचारीले जनसवाललाई बताए ।
क्यासिनो रोयलमा अन्तर्राष्ट्रिय आतंकवादी समुहको लगानी रहेको र कुन स्रोतबाट यति रकम लगानी गरे भनेर सम्पत्ति शुद्धिकरण विभागलाई छानबिन गर्न सुजन दाहालले मुद्दा दर्ता गरेका छन् । विभागमा दाहालले गरेको मुद्धाको दर्ता न ं ३१४४ रहेको छ । दाहालले मुद्धा दर्ता गरी लगानीको स्रोत छानबिन गरी सम्पत्ति शुद्धिकरण ऐन अनुसार कारबाही गर्न भन्दै मुद्दा दर्ता गरेका हुन् । निवेदकले क्यासिनो रोयलका सञ्चालक सुरेन्द्र बहादुर सिंह र क्यासिनो रोयल खरिद गर्ने जयन्ती थापाको सम्पत्ति छानबीन गरि कडा भन्दा कडा कारबाही गर्न आग्रह गरेका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...