उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेलखण्डको उद्घाटन गर्ने
Tuesday Nov 20, 2018
वि.सं.२०७५ मंसिर ४ मंगलवार ११:४३

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुई मा हुन गइ रामजानकी विवाह महोत्सवको अवसरमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि अगामी मंसिर २६ गते योगी जनकपुर आउन लागेका हुन । प्रधानमन्त्री मोदी जनकपुर–जयनगर ब्रोडगेज रेल उदघाटन गर्न जनकपुर आउने चर्चा भएको थियो। तर, भारतमा २०१९ हुने निर्वाचन का कारण जनकपुर भ्रमण रद्द भएपछि अब उत्तर प्रदेशका मुख्यमन्त्री योगीले रेलखण्डको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
भारतको आर्थिक सहयोगमा निर्माण गरिएको कुर्था, जनकपुर–जयनगर ब्रोडगेज रेल योगीले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए । ‘कुर्था जनकपुर–जयनगर रेलखण्ड तयारी अवस्थामा रहेका छन,’ कानुनमन्त्री यादवले भने,‘अहिलेसम्म तय कार्यक्रम अनुसार मुख्यमन्त्री योगीले रेल उद्घाटन गर्ने कार्यक्रम तय भएका हो ’
योगीको जनकपुर भ्रमणको नेतृत्व स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले गरिरहेको बताउँदै कानुनमन्त्री यादवले रेल उद्घाटनको कार्यक्रम लगभग तय रहेपनि उद्घाटनस्थलबारे टुंगो लाग्न नसकेको बताए । मन्त्री यादवंले भने योगीले रेलसेवा उद्घाटन गर्ने तय भइसकेकाले सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर उद्घाटनस्थलबारे निर्णय लिइने बताएको हो ।
विवाहोत्सवमा सहभागी हुन आउने मुख्यमन्त्री योगीलाई रात्री भोजको व्यवस्था गर्ने समेत तयारी रहेको मन्त्री यादवले जनाएका छन । रामजानकी विवाहोत्सवको अवसरमा भारतको अयोध्याबाट जन्ती बनेर आउने साधुसन्तलाई समेत प्रदेश सरकारले दिवा भोजको व्यवस्था गर्ने तयारी थालिएको छ ।






















