CG Electronics
IME Life
Ncell NPL

युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौँमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेबीच टाइटल स्पोन्सरका लागि बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

‘आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता’ भन्ने मुल नाराका साथ आयोजित सम्मेलनले युवालाई उत्पादन र स्वरोजगारसँग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

समझदारी समारोहमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ बर्ष पहिला स्थापना भएको बाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालीम र यस्ता खाले सम्मेलनमा सँधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

पहिलो शिखर सम्मेलनमा समेत मुख्य प्रायोजक रहेको बताउँदै यो सम्मेलनले देशभरका युवामा वित्तीय साक्षरता, बैकिङ पँहुच अभिवृद्धि र बलियो राष्ट्रियस्तरको सञ्जाल स्थापना हुने विश्वास व्यक्त गरे । त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए ।

युवा उद्यमशीलताका लागि वातावरण बनाउँदै स्टार्टअपको सङ्ख्यातमक र गुणत्मक सहभागिता लागि सम्मेलन आयोजना गरिएको उनको भनाई थियो । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिब ५०० जना युवा सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समूहगत छलफल, नेटवर्किङ, सफल युवा उद्यमीको प्रस्तुतीसहितको अवार्ड वितरण, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरिङ र लगानी सम्झौतालगायतका कार्यक्रम रहेका छन् ।

सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत साझेदार रहेको छ ।

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम, शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि

आशिष बिष्टले एकैसाथ सात विश्व कीर्तिमान कायम,...

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:०४

  काठमाडौं। नेपाली मूलका आशिष बिष्टले शैक्षिक क्षेत्रमा अभूतपूर्व सफलता...

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली बजारमा सार्वजनिक

गर्मीलाई चुनौती दिने क्रम्टन एयर कुलर नेपाली...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ११:१५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको...

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’ सफलतापूर्वक सम्पन्न

नर्भिक इन्टरनेशनल हस्पिटलको शेयर निष्काशन ‘रोड शो’...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:५४

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्काशन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया...

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल टेक रोडशो यूएसए २०२६” घोषणा

नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्ने “नेपाल...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३८

  काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस...

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन बनायो, ग्राहकलाई अतिरिक्त सुविधा

एनटिसीले २८ दिने प्रिपेड प्याकेजलाई ३० दिन...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:३४

  काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८...

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न, ५०प्रतिशत बोनस शेयर घोषणा

प्रोफेसनल होल्डिङ्स् लिमिटेडको २०औँ वार्षिक साधारण सभा...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:१८

  काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)को...