प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर
Monday Aug 22, 2022
वि.सं.२०७९ भदौ ६ सोमवार २१:४२
काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु क्यापिटल तथा TRANQUILITY SPA का बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु एप डाउनलोड गरी सो मा रजिष्टार भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्छ ।

























