CG Electronics
IME Life
NIMB

सनसिल्कका तीन नयाँ प्याक सार्वजनिक, संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक

NIMB
Himalayan Bank

काठमाडाैँ । सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको नं। १ ब्यूटि ब्राण्ड पनि हो । युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका लागि उनीहरुको केशलाई तयार बनाउन सनसिल्कले दशकौंदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

नेपालको महान चाडमा आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडा दशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगीता सनसिल्क दशैं भाइब्स अभियान शुरु गरेको थियो, जुन अभियान भव्य रुपमा सफल पनि भएको थियो । अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसंग आबद्ध हुने मौका दिएको थियो ।

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एंबेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको “सीमित विशेष दशैं प्याक ९म्बकजबष्ल क्उभअष्ब िीष्mष्तभम भ्मष्तष्यल एबअपक०” मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदैछ । यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्ः हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट । नेपालको लाखौं घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ ।यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरु मध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो ।

युनिलिभरका प्रबन्ध निर्देशक श्री आमलन मुखर्जीले भन्नु भयो “लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्र हुने, सनसिल्क निस्सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगीता आफैमा एक अभूतपूर्व सफल अभियान थियो । सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं ।हामी विश्वास गर्दछौं, सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहन्छौं । सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासहको अँग हुन् ।“


महान चाड दशैं नजिकिंदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि शुरु गर्ने तयारी गरिरहेको छ, जसले लाखौं नेपाली नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरी पनि प्रदान गर्नेछ । सनसिल्क दशैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भनें २८५४ जनाले सहभागीता जनाएका थिए र यस वर्ष सनसिल्क दशैं भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...