तीजका अवसरमा महिलाहरुलाई अल्का अस्पतालको छुट योजना
Thursday Aug 25, 2022
वि.सं.२०७९ भदौ ९ बिहीवार १७:०७
ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ। महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ।
अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताउनुभयो। स्पतालका ओपिडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुन्छ, प्रशासन प्रमुख केसीले बताउनुभयो।
यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ। ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ। अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि छ।
























