यी चार सचिव हुन मन्त्रीभन्दा शक्तिशाली, जो प्रधानमन्त्रीको बेडरुममा पुग्छन्
Monday Nov 26, 2018
वि.सं.२०७५ मंसिर १० सोमवार ०४:३९

काठमाडौ । नेपाली कांग्रेसका नेता बलदेव शर्मा मजगैयाँ जलस्रोत तथा सिचाईमन्त्री भएको चार पहिलनापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुटुक्क सचिव परिवर्तन गरे । मन्त्रीहरुसँग सल्लाह नै नगरी सचिव परिर्वतन गर्दा मजगैयाँ समस्यामा परे ।
तत्कालै बालुवाटार पुगेर मजगैयाँले भने ‘प्रधानमन्त्रीज्यू तपाईले पठाएको सचिवसँग काम गर्न सक्दिँन,, कि सचिव परिर्वतन गरिदिनुहोस नभए मेरो राजीनामा स्वीकृत गरिदिनोस् ।’
२०५८ सालमा गिरिजाप्रसाद कोइरालाको ठाडो प्रस्तावमा जलस्रोत तथा सिचाई मन्त्रालयको सचिव हुन पुगेका थिए–चर्चित पात्र लोकमानसिंह कार्की । हो तिनै कार्कीसँग तत्कालिन मन्त्री मजगैयाँले काम काम गर्न मानेन् । तर, कोइरालाले फिर्ता बोलाउन पनि चाहेनन् । मजगैयाँले पनि ‘कि सचिव फेरिदेउ नभए मेरो राजीनामा स्वीकृत गरिदेउ’ भन्दै गृहजिल्ला दाङतिर लागे ।
जननिर्वाचित प्रतिनिधि मजगैया दाङबाट काठमाडौं फर्किदा मन्त्री रहेनन् । तर कार्की भने जलस्रोत तथा सिचाई मन्त्रालयको सचिव पदमा विराजमान भइरहे । कोइराला आफ्नै पार्टीका मन्त्रीलाई हटाउन तयार भए तर सचिव परिर्वतन गर्न तयार भएनन् । निकम्वा मन्त्री बन्नुभन्दा राजीनामा दिनु बेस ठानेर मजगैयाँले बालुवाटारमा राजीनामा बुझाएका थिए ।






















