फक्सवागनकाे दशैँ–तिहार अफर, न्युन ब्याजदरमै कार
Thursday Sep 01, 2022
वि.सं.२०७९ भदौ १६ बिहीवार २२:५९
काठमाडौँ । फक्सवागन गाडीको लागि नेपालको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल दशैं र तिहारको अवसरलाई लक्षित गर्दै “Unbeatable Festive Offe” योजना ल्याएको छ । यो योजना अन्तर्गत फक्सवागन प्रिमियम चारपाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले शून्य दशमलव ९९ प्रतिशतबाट सुरु हुने गरी न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् ।
नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्वीच हुन खोज्ने गाडी प्रेमीहरुलाई, यो अफर सबैभन्दा राम्रो अफर भएको कम्पनीको भनाइ छ । यो योजनामा उत्कृष्ट जर्मन–इन्जिनियर कारमा ‘इजी फाइनान्सिङ सुविधा’ प्राप्त हुनेछ। साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
यो योजना भदाै १६ देखि देशभर लागू भएकाे कम्पनीले जनाएकाे छ । उत्कृष्ट उपभोक्तामुखी यो योजना सीमित समयको लागि मात्र मान्य हुने जनाइएको छ । पूजा इन्टरनेसनलले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ।
000
























