CG Electronics
IME Life
NIMB

नेकपाका असन्तुष्ट २१ केन्द्रीय सदस्यलार्इ प्रचण्डले आज २ बजे भोज खुवाउने,ओली बिरुद्द जाइ लाग्न बामदेवले दिए यस्तो सुत्र

NIMB
Himalayan Bank

काठमाडौ ।  पार्टीका भ्रातृ संगठनलगायत तल्ला निकायसम्म एकीकरणको टुंगो लगाउन नेकपा सचिवालयको बैठक आज बस्दैछ। बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्ने तयारी छ।

पार्टीले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई केन्द्रीय सदस्यको जिम्मेवारीका विषयमा गृहकार्य गर्न जिम्मा दिएको थियो। पौडेल र थापा कार्यदलले आवश्यक गृहकार्य गरेर त्यसको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेको छ।

यसअघि नेताहरुबीच केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्नु भन्दा पहिले पोलिटब्युरो गठन गर्ने सहमति भएको थियो। तर प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले सहमतिविपरीत केन्द्रीय सदस्यको जिम्मेवारी तोकेपछि मात्र पोलिटब्युरो गठन गर्ने तयारी गरेका छन् । उनीहरुको यस्तो तयारीप्रति पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएका छन् ।

अध्यक्ष ओली र प्रचण्ड गत साता पार्टी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका २१ केन्द्रीय सदस्यहरूमाथि कारबाही गर्ने सोचमा रहेको एक नेताले बताए। तर अध्यक्षद्वयको धारणासँग नेपाल, खनाल, गौतम र श्रेष्ठ असहमत छन् । अध्यक्षद्वयले पार्टीभित्र विधिविपरीत एकलौटी गर्न खोजेपछि नयाँ मोर्चा बन्ने अवस्था उत्पन्न भएको स्रोतले बतायो। नेपाल, खनाल, गौतम र श्रेष्ठबीच पछिल्लो समयमा मोर्चा बन्नुको कारण पनि यही रहेको बताइएको छ। ओली जसरी भए पनि २१ भाईलाई कोर्रा हान्ने सोचमा छन्,१२ जनालाई कारबाही गरे पार्टी बिभाजन हुने नेताहरुले सार्बजनिक रुपमै बताएका छ।

नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पोलिटब्युरो गठनको प्रस्ताव अघि सारे पनि अध्यक्षद्वय ओली र प्रचण्डले केन्द्रीय सदस्यको कार्य विभाजनपूर्व पोलिटब्युरो गठन नगर्ने अडान लिएपछि पोलिटब्युरो गठन प्रक्रिया पछाडि धकेलिएको हो।

नेकपाको विधानमा केन्द्रीय सदस्यको एक तिहाई संख्या पोलिटब्युरो रहने प्रावधान छ । केन्द्रीय कमिटी ४४१ सदस्यीय छ । जसअनुसार १४७ सदस्यीय पोलिटब्युरो बनिसक्नुपथ्र्याे । तर, एकीकरण भएको सात महिनामा पनि पोलिटब्युरो गठन नभएको भन्दै नेकपाभित्र असन्तुष्टि झाँगिएको छ । ४५ सदस्यीय स्थायी समिति भने यसअघि नै गठन भइसकेको छ ।

प्रदेश १ मा २०७ सदस्यीय प्रदेश कमिटी प्रस्तावित छ । त्यस्तै दुई नम्बर प्रदेशमा २०० सदस्यीय कमिटी प्रस्ताव गरिएको छ । त्यस्तै प्रदेश ३ मा २१७ र गण्डकी प्रदेशमा १८७ सदस्यीय प्रदेश कमिटी बन्नेछ । प्रदेश ५ मा २०३ र कर्णाली प्रदेशको प्रदेश कमिटीको संख्या १७५ रहने नेताहरूले जानकारी दिएका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८३ सदस्यीय प्रदेश कमिटी प्रस्तावित छ । त्यस प्रदेशमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य प्रदेशको पदेन सदस्य रहने व्यव्स्था गरिएको छ।
यता केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन्।

छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ (सुरुमा १८ र पछि ४) केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए।

केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा बुझाइएको ज्ञापन पत्र र उनीहरुको सरोकारको विषयमा छलफल गर्न आज दिउसो २ बजे खुमलटारमा ती केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...