CG Electronics
IME Life
NIMB

सरकार छैन पनि अनि यत्रो तामझाम देखाउदा धारे हात लगाउने भन्दै बिरोधीलाई यसरी सरापे ओलीले

NIMB
Himalayan Bank


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई कटाक्ष गर्दै केही दिनमै जता फर्कियो त्यतै सरकार देखिने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुले केही दिनदेखि ‘सरकार कहाँ छ’ भन्दै आलोचनात्मक टिप्पणी गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका लागि काम गरिरहेका छौँ,अब केही दिनमै जता फर्कियो त्यतै सरकार देखिनेवाला छ, प्रश्न सोध्नेले उत्तर आफैँ पाउनेछन् ।’

मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेकोले सरकार त्यहाँ पनि भेटिने बताए ।

‘अब केही दिनमै मेलम्चीको पानी काठमाडौँ आउँछ, काठमाडौँबाट धुवा धुलो हट्छ, सडकहरु नुहाइन्छ, चिल्ला पारिन्छ,’ ओलीले भने, ‘अनि थाहा हुन्छ सरकार कहाँ छ रु’

उनले सरकार जनताको बीचमा जनताका लागि काम गर्न व्यस्त रहेको बताए । सामाजिक सुरक्षा योजनाको घोषणा गर्न सरकारले अनावश्यक तामझाम गरेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले सरकार कहाँ छ भन्ने देखाउनकै लागि पनि यत्ति गर्नुपरेको बताए ।

‘यो तामझाम किन भनेर पनि सोधिरहेका छन्, यो तामझाम सरकार देखिएन भन्नेहरुलाई देखाउन र सुनिन भन्नेहरुलाई सुनाउनका लागि पनि हो । हाम्रा योजनाहरुका बारेमा जानकारी गराउन पनि हो । जनताले खुसियालीका साथ यो उत्सव मनाउन भन्नका लागि हो किनभने सामाजिक सुरक्षा योजनाले जनतामा नयाँ उत्साह थपेको छ ।’

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...