CG Electronics
IME Life
NIMB

एकसाथ ७ एल्बम विमोचन गरी चर्चा कमाए डी.आर. उपाध्यायले

NIMB
Himalayan Bank

 

गीतकार डी.आर. उपाध्यायले एकसाथ ७ एल्वम सार्वजनिक गरेका छन् । आइतबार राजधानीको राष्ट्रिय नाचघरमा उपाध्यायका ७ एल्वम तथा १ उपन्यासको राष्ट्रकवि माधव प्रसाद घिमिरेले एकै मञ्चबाट सार्वजनिक गरेका हुन् ।

राष्टकवि घिमिरेका गीत, कविता तथा सम्पूर्ण सिर्जनाबाट प्रेरित गीतकार उपाध्यायले घिमिरेलाई सम्मान तथा अभिनन्दन समेत गरे ।

उनले व्यक्तिगत रुपमा ५१ हजार सहित दोसल्ला तथा मालाले घिमिरेको सम्मान गरे । उपाध्याय सम्भवतः एकै पटक ७ एल्वम सार्वजनिक गर्ने पहिलो गीतकार हुन् । यो कामको विश्व रेकर्डका लागि पनि पहल थालिने भएको छ ।

उक्त समारोहमा जखम, माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद र सहेली एल्वम तथा दगाबाज उपन्यास सार्वजनिक गरिएको हो ।

सार्वजनिक एल्वममा बुलु मुकारुंग, सन्तोष श्रेष्ठ र सागर अधिकारीले संगीत गरेका छन् । एल्वममा एक दर्जन बढी गायक गायिकाहरुले स्वर भरेका छन् ।

‘प्रतिनाद सांगीतिक सा“झ’ नाम दिईएको उक्त विमोचन कार्यक्रममा संगीतकार राजु सिंहको अगुवाईमा प्रत्यक्ष बाद्यबादन सहित ११ वटा गीत लाईभ प्रस्तुत गरिएको थियो ।

३ वटा म्युजिक भिडियो पनि देखाइएको थियो । डी.आरका गीत सुन्दा उनी बहुआयमिक देखिन्छन् ।

 

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...