CG Electronics
IME Life
NIMB

एमएडब्लुले नेपालमा विक्री गर्यो १० हजार जेसीबी मेसिन

NIMB
Himalayan Bank

काठमाडौं । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लिले नेपालमा १० हजार जेसीबी मेसिन विक्री गरेर नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रमा नयाँ प्रतिबिम्ब स्थापना गर्न सफल भएको छ ।

शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १०,०००औं मेसिनको चाबी हस्तान्तरण गरे ।

१०,०००औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गदै जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।

त्यसैगरी, कालिका कालिका कन्स्ट्क्सन प्रा.लि.का प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए । नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लु जेसीबीले गुणस्तरीय र वल्र्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...