वर्ल्डलिंकले ल्यायो दशैँ अफर, सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्ने
Saturday Sep 10, 2022
वि.सं.२०७९ भदौ २५ शनिवार १०:५०
काठमाडौं । वर्ल्डलिंकले दशैँको अवसरमा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् ।
पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । यसैगरी “2 Routers” प्याकेज अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० Mbps इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।
सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “Smart Offer” अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) Nokia Beacon 1.1 Mesh Router, २०० Mbps को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक NETTV मात्र रु १५० मा प्राप्त गर्ने छन्। यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध रहको कम्पनीले जनाएको छ ।























