CG Electronics
IME Life
NIMB

‘खुकुरी ह्वाइट रम’ बजारमा, ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिने

NIMB
Himalayan Bank

काठमाडौं । संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी ‘दि नेपाल डिस्टिलरिज’ले आफ्नो बहुचर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ ।

योसँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा अब तीन प्रकारका रमहरू भएका छन् : खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम । खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो, जसले गर्मीयामका पेयहरूको माग पूरा गर्नेछ । यसलाई बरफ(आइस) हालेर पिउन सकिन्छ, वा कोला वा जुस जस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ । ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिन्छ ।

‘मोहितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ । ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउन अन्य पारदर्शी र सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्नेछन् । खुकुरी रम मोहितो पारखीहरुलाई अरू कुनै तरल पदार्थ होइन, रममा बनेको मोहितो नै अर्डर गर्न समेत प्रोत्साहन गर्दछ’, कमपनीद्धारा जारी विज्ञप्तिमा छ ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएको र यो क्रममा नेपालका सबै प्रिमियम बार र रेष्टुरेन्टहरूबाट अपार समर्थन र सहयोग प्राप्त भएको कम्पनीले जनाएको छ ।
खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए ।

उनले भने–‘ हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं । हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं ।’

शेयर गर्नुहोस्पिउन सकिन्छ । ‘खुकुरी ह्वाइट रम’लाई ककटेल बनाउन व्यापक रुपमा प्रयोग गर्न सकिन्छ ।

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो...

वि.सं.२०८३ साउन ६ बुधवार २०:१४

  काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेकले जिते बीवाइडी अटो १ ईभी कार

साउदीबाट टिक्मोमार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:४२

  काठमाडौं । साउदी अरेबियाबाट टिक्मोमार्फत आइएमई गरेर नेपाल पैसा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:३५

  काठमाडौं, श्रावण २। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO)...

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालन

मलंगवामा एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्री तथा...

वि.सं.२०८३ साउन ६ बुधवार ०८:२५

  काठमाडौं । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक...