CG Electronics
IME Life
Ncell NPL

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । हुण्डाइ गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुण्डाई टेस्ट ड्राइभ वाच लाइभ फिफा वल्र्ड कप २०२२’ को विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट गरिएको कम्पनीले जनाएको छ । भाग्यशाली विजेताहरुमा शेर बहादुर जि.सी र हस्त माया गुरुङ्ग रहेका छन् ।
दुइ विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् । जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने जनाएको छ । यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टर गर्नुपर्ने थियो ।
यस क्याम्पेनले पर्यावरण दिगोपनका लागी हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुण्डाई सबैको रोजाईको ब्राण्ड बन्न सफल भएको छ । फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...