CG Electronics
IME Life
NIMB

धमाधम लाभांश वितरण गर्दै बैंकहरु : कुमारीको राष्ट्र बैंकबाट स्वीकृत, एनसिसी र बिओकेको घोषणा

NIMB
Himalayan Bank

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणका लागि तयारी गरिरहेका छन् । राष्ट्र बैंकले करिब आधा दर्जन बैंकको वित्तीय विवरण स्वीकृत गरिसकेको छ । हालसम्म सिटिजन्स बैंक, कुमारी, नेपाल पूर्वाधार बैंक, एनसीसी र बैंक अफ काठमाण्डूले एजीएम क्लियरेन्सको स्वीकृति पाएका छन् ।
कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश स्वीकृत
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले कुल चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सोही लाभांश वितरणका लागि बैंकले असोज ३० गते बैठक बस्दै आगामी कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । योसँगै कात्तिक १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै बैंकको लाभांश लिन योग्य हुने छन् । बैंकद्वारा प्रस्तावित १२.५० प्रतिशत नगद लाभांश (करसहित) नेपाल राष्ट्र बैंकबाट स्वीकृत समेत भइसकेको छ । उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण गरिनेछ ।
एनसीसी बैंकद्वारा लाभांश घोषणा
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले बोनस सेयर र नगद गरी १ अर्ब २२ करोड लाभांश बाँड्ने भएको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८÷७९ को वितरण योग्य मुनाफाबाट ३७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बोनस र ८५ करोड ३ लाख ६४ हजार ५८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो बैंकको हाल कायम चुक्ता पुँजीको क्रमशः ३.३६६३ प्रतिशत र ७.६३३७ प्रतिशतको लाभांश वितरण हो । हाल बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ चुक्ता पुँजी कायम छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश प्रस्ताव
बैंक अफ काठमाण्डू लिमिटेडले शेयरधनीलाई आव २०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कुल लाभांश मध्ये ६ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितीको बैकठले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७÷७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ग्लोबल आईएमई बैंक र यस बैंक अफ काठडमाण्डू बिच एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै शेयर कारोबार रोक्का रहेको छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...