CG Electronics
IME Life
NIMB

कात्तिक महिनाका लागि बैंकको ब्याजदर नबढ्ने

NIMB
Himalayan Bank

काठमाडौं । कात्तिक महिनाका लागि बैंकको ब्याजदर नबढ्ने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी कात्तिक महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेको हो । अघिल्लो महिना अर्थात् भदौ मसान्तमा संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदिने निर्णय गरेको थियो । जसअनुसार बैंकहरुले असोज महिनाका लागि आफुखुशी निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए ।

बढेको ब्याजदर अनुसार हाल बैंकिङ ब्याजदर अधिकतम १३.१३ प्रतिशतसम्म पुगेको छ । यद्यपि, केही बैंकहरुले भने १५ प्रतिशतसम्म पुर्याएको र कर्जाको ब्याजदर १८ प्रतिशत माथि पुगेको भन्दै यता उद्योग व्यवसायीहरुले विरोध जनाइरहेका छन् ।

उसो त बैंकहरुले ब्याजदर बढाएपछि आक्रोशित भएका व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गरेपछि अर्थमन्त्री जनार्दन शर्माले ११ सदस्यीय ब्याजदर अध्ययन समिति गठन गरेका थिए । तर, उक्त समितिले ब्याजदर वृद्धि जायज भएको भन्दै बजार महँगी (मुद्रास्फीति) लाई नियन्त्रणमा राख्न पनि ब्याजदर वृद्धि गर्नु उचित भएको रिपोर्ट बुझाएको थियो । अन्ततः ब्याजदर घटाउन सरकारले कसरत गरेपनि नघट्ने भएको छ । संघको पछिल्लो निर्णयले कात्तिक महिनाका लागि पनि बैंकिङ ब्याजदर १२.०३ प्रतिशत कायम हुने भएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...