CG Electronics
IME Life
NIMB

निर्वाचन लक्षित सडक नाटक “चुनावदेखि चुनावसम्म” बसन्तपुरमा प्रदर्शन

NIMB
Himalayan Bank

 

काठमाडौं । युवा कलाकारको समुहले काठमाडौंको बसन्तपुरमा जनचेतना मूलक सडक नाटक “चुनावदेखि चुनावसम्म” प्रदर्शन गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी युवाहरु समुहले तयार पारेको नाटक शुक्रबार बसन्तपुरमा प्रदर्शन गरिएको हो । राजनीतिक दलहरुले चुनावमा जनतालाई ठूला आश्वासन र असम्भब प्रायः सपना देखाउने तर पूरा गर्न चासो नदिने प्रवृत्तिमा नाटक केन्द्रीत छ ।

चुनावमा आश्वासन मात्रै बाड्न आउने नेताको प्रवृत्ति माथि नाटकले प्रश्न गर्ने नाटकको परिकल्पनाकार तथा संयोजक विष्णु बसौलाले जानकारी दिए । दलहरुले निर्वाचनमा गर्ने वाचा र जनताको वास्तविक अवस्था विचको अन्तरलाई देखाउने उदेश्यले नागरिक आवाजको अभिव्यक्तिका रुपमा नाटक प्रस्तुत गरिएको बसौलाले बताए । नाटक कुनै वाद र विचार र स्वतन्त्र उमेद्वारी अभियानसंग समेत सम्बन्धीत नभइ विशुद्ध नागरिक अभिब्यक्तिको माध्यमको रुपमा प्रस्तुत गर्न खोजिएको छ। नाटक प्रदर्शनका क्रममा निर्वाचन आयोग र स्थानीयतहबाट आवश्यक सहजीकरण नगरिएकोमा कलाकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

नाटकले लोकतन्त्र, गणतन्त्र, संघीयताको मर्म अनुकुल नागरिक जीवनका बहु आयाममा खास प्रभाव नदेखिएको विषयमा जोड दिइएको छ। देश संघीयतामा गएपछि उखु बचेको रकमको भुक्तानी तथा मल विउका लागि किसान काठमाडौंमा आएर संघर्ष गर्नुपर्ने बाध्यता, मिटर व्याज पीडितको आन्दोलनलाई नाटकका माध्यमबाट प्रस्तुत गरिएको छ ।

बढ्दो बलात्कार, द्धन्द पीडितका मुद्धा, नागरिकता पीडितको संघर्ष, मौलिक हकको कार्यान्वयनमा सरकारको उदासीनता, महंगी तथा भष्ट्राचार, रोजगारी नपाएर विदेशीनुपर्ने विडम्बनापूर्ण अबस्था, सरकारी ढिला सुस्ती र झण्झटको बिषयलाई पनि नाटकले केन्द्रमा राखेको छ। भीभीआईपी सवारीका नाममा नागरिकले सामना गर्नुपरको सास्ती, निर्वाचनका वेला मतपत्र पुग्ने तर पुस्तक नपुग्ने समस्या लगायत विषय नाटक मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

नाटक कात्तिक ३० गतेसम्म बसन्तपुर, पाटन दरबार स्वायर, भक्तपुर दरवार स्वायर, कलंकी, नयाँ बसपार्क, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, रत्नपार्क लगायत स्थानमा प्रस्तुत गरिनेछ । उपत्यका बाहिर पनि नाटक प्रस्तुत गर्ने तयारी गरिएको छ। नाटक कूनै संघसंस्थाको आर्थिक सहयोग नलिई विद्यार्थीले आफ्नै खर्च कटाएर तयार गरेका हुन् । नाटकबाट संकलित रकम सामाजिक कार्यमा लगाउने समेत योजना बनाइएको लेखक आशिष घिमिरेले जानकारी दिए ।

बसन्तपुरमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार केदार घिमिरे र दीपाश्री निरौलाको समेत सहभागीता थियो । घिमिरे र निरौलाले नाटकमा समेटिएका विषयले नागरिक आवाजको प्रतिनिधित्व गरेको बताए ।

सडक नाटक आशिष घिमिरे, कैलाश कुमार कार्की दीपेन्द्र देभ पौडेलले लेखेका हुन् । एसके शर्मा, माधव भुर्तेल, भुवन आचार्य, अनिश विमली, आकांक्षा क्षेत्री, मनोज घिमिरे, शिक्षा मन्याल, ज्योती खडका, विनिता कोइराला, जटिन बोगटी, आशिष घिमिरे, कैलाश कुमा कार्की दीपेन्द्र देव पौडेल, पुजा तिवारी, प्रदीप एडी, शुभान्त घिमिरे, एस वोगटी अभिनय रहेको छ। नाटकमा एलिजा तुम्बापो, विजय शाही लगायतले व्यवस्थापनमा सहयोग गरेका छन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...