CG Electronics
IME Life
NIMB

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको दशौं वर्षमा प्रवेश

NIMB
Himalayan Bank

 

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौ वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली ,रणनीति, ग्राहकहरुको अगाध माया, बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनीहरुको भरोसा तथा कर्मचारीको अतुलनिय योगदानले संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेको बताए । संस्थाले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेको समेत बताए ।

 

देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउ“दो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पु¥याएको संस्थाले नवौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल रहेको छ । त्यसैगरी हालसम्म रु। ३ अर्ब ४५ करोड बराबर निक्षेप संकलन गरी रु। १६ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

संस्थाले यसरी आफ्नो कारोबार बृद्धि गर्दै जादा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग र १५ वटा अनुगमन तथा असूली स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरु बताउँछन् ।

 

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...