CG Electronics
IME Life
NIMB

मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौलाद्वारा २० बुँदे प्रतिवद्धता सार्वजनिक

NIMB
Himalayan Bank

 

मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौलाले आफ्ना २० बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनले परिवर्तनका लागि २० अठोट भन्दै आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

उनले ‘एक पालिका, एक आवासीय विद्यालय’ कार्यक्रम आफ्नो अठोटको पहिलो नम्बरमा समावेश गरेका छन् । उक्त कार्यक्रम मार्फत बालबालिकालाई घन्टौं हिँडेर विद्यालय जानुपर्ने र फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने र सबै बालबालिकाको विद्यालयमा सहज पुहँच स्थापित गरिने उल्लेख गरिएको छ ।

त्यस्तै उनको अठोटमा विद्यालय शिक्षामा शिक्षकहरुको विषयगत दरबन्दीको सुनिश्चतता गर्न केन्द्रीय नीति बनाइने, आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधारको विकास गरी मकवानपुरलाई उच्च शिक्षाको हब बनाउन पहल गर्ने, विभिन्न जातिको भाषा, कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गरिने कार्यक्रम समावेश गरिएको छ ।

उनको अठोटहरुमा उद्यमशिलताको विकास मार्फत युवाहरुको श्रमलाई उत्पादन संग जोड्दै स्वरोजगार बनाउने, लगानीमैत्री वातावरणको सिर्जना एवम् औद्योगिक पुर्वाधारहरुको विकास गरी हजारौंको रोजगारी सिर्जना गर्ने, किसानहरुले भोग्नुपरेका मल, बिउ, सिंचाई र बजारको समस्यालाई दिर्घकालिन समाधानको पहल गर्ने, प्रत्येकका घर घरमा पिउने पानीको पहुँच स्थापित गर्ने र एक गाग्री पानीकै लागि घण्टौ धाएर जानुपर्ने अवस्था अन्त्य गर्ने, मकवानपुरको स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउने लगायतका योजनाहरु रहेको छ ।

त्यसैगरी सडक संजाल, संचार तथा शिक्षा लगाएत भौतिक पुर्वाधारहरुको बिकास मार्फत सम्पुर्ण गाँउवस्तीहरुको विकास र समृद्धिलाई प्राथमिकता दिने, प्राकृतिक श्रोत साधनहरुलाई क्षेत्रको विकासका लागि परिचालन र व्यवस्थापन गर्ने, जलवायु परिवर्तन एंव वातावरणको संरक्षणको क्षेत्रमा नितिगत एंव कानुनी सुधार एंव कार्यान्वयन गर्ने, मध्यवर्ती आरक्ष क्षेत्रको कानुनका कारण मनहरि र साबिक हाँडिखोलाका बासिन्दाले भोग्नुपरेका समस्यालाई दिर्घकालिन समाधान खाज्ने, आवश्यक स्थानहरुमा नदी नियन्त्रण, बस्ति बचाउ तथा तटबन्धन गर्ने, सिमभन्ज्याङमा मैत्री बगैंचा, थाहाको मुलबारीमा राष्ट्रिय विभुति पार्क बनाउने, पर्यटन पुर्वाधारहरुको बिकास मार्फत मकवानपुरलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने, पयर्टन करिडोरको अवस्था अन्तर्गत समग्र क्षेत्रको विकासलाई प्राथमिकता दिने, पुर्वाधार विकासका लागि छुट्याईएको केन्द्रीय बजेटहरुको सतप्रतिशत कार्यान्वयन गर्दै समयमै आयोजना सम्पन्न गर्ने, सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शि र जनमैत्री बनाउदैं सुशासन कायम गर्ने, अनाथ, असहाय बालबालिकाको संरक्षणका लागि बनेका कानुनहरुको कार्यान्वयन गर्ने, मकवानपुरको ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक महत्वका पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गरिनेछ । यसको थप खोजी एवम् प्रचारप्रसार गर्दै अनुसन्धानकर्ता एवम् पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने उनको अठोट रहेको छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...