CG Electronics
IME Life
Ncell NPL

भक्तपुरमा बढ्दै मानव अधिकार हननका घट्ना, यस्तो छ अबस्था

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भक्तपुर । भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ ।

आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले उक्त तथ्यांक सार्वजनिक गर्नु भएको हो ।

इन्सेकले सङ्कलन गरेको तथ्यांक अनुसार सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एकवर्षको अबधीमा बलात्कारको घट्ना बढेको पाईएको छ । यस अबधीमा महिला तथा बालिका गरि ५१ जना बलात्कारबाट पीडित भएका छन् । चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएका छन् ।

यस अबधीमा आठ जनाको हत्या भएको छभने १५ जनाको हत्या प्रयास भएको छ । ७० जनामाथि अभद्र व्यबहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन् ।

त्यस्तै बहुबिवाहबाट १५ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्सानमा चार जना पीडित भएका छन् । भक्तपुुरमा यो वर्ष १५३ जनाले आत्महत्या गरेका छन् । आत्महत्याको अबस्था बिकराल बन्दै गएको छ । १६८ जनाको यो वर्ष सम्बन्ध बिच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरि यो वर्ष ४४४ जना हराएकोमा ४२४ जना फेला परेका छन् ।

यस अबधीमा गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए । भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा बृद्धि भएको इन्सेक भक्तपुर प्रतिनिधि गिरीले बताउनु भयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ७५ प्रतिशत हिंसा घर भित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको बताउदै १८ वर्ष मुनिको बालिकाहरु बढी पीडित हुने गरेको बताउनु भयो । बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचित रुपमा व्यबस्थापन गर्न नसक्दा स्थानीय तहमा जानु पर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको बहन गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । भक्तपुरका चारवटै स्थानय तहसँग समन्वय र छलफल गरेर अपराध रोकथाम, हिंसा न्यूनिकरण, उद्धार र पुर्नस्थपना केन्द्र स्ञ्चालन गर्ने लगायतका कार्य अगाडि बढाउने बताउनु भयो ।

त्यसअवसरमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घट्ना भने प्रहरीसम्म नआउने गरेको बताउदै स्थानीय तहले त्यसमा निगरानी गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेले संंविधानले दिएको मानव अधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकीले अपराध बढ्दै जाने तर त्यको कारण पहिचान गरी घट्ना नियन्त्रणका लागि पहल नगर्ने हो भने अपराधमुक्त समाज बनाउन नसकिने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिव शुभचिन्तकले अपराध नियन्त्रण, मानव अधिकार रक्षाका लागि स्थानीय तह, गैरसरकारी संस्था, पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग समन्वय गर्दै समस्या समाधानका लागि अग्रसर हुनु पर्ने औल्याउनु भयो ।

चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरेले स्थानीय तहले बालमैत्री नगरपालिका घोषणा गरेको बताउदै अब पालिकाहरुले आफ्नो वडावडामा मनोसामाजिक परामर्श सञ्चालन गर्नु पर्ने आवश्यकता रहेकोमा जोड दिनु भयो ।

सूर्यविनायक नगरपालिकाको पूर्वउपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतले स्थानीय तहले न्यायिक समितिलाईसमेत जिम्मेवार बनाउन नसकेको बताउदै नगर प्रमुखदेखि कार्यपालिकाले समेत अधिकार हननका घट्ना न्यूनिकरणमा चासो नदिने गरेको सुनाउनु भयो ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...