CG Electronics
IME Life
NIMB

विवाहपञ्चमीमा ११ लाखभन्दा बढी दर्शनार्थी भित्राउन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर दुईको जनकपुरमा हुनगइरहेको विवाहपञ्चमी आउन एक साता मात्रै बाँकी रहेको जानकी मन्दिरदेखि प्रदेश नम्बर दुईका सरकारले तयारी तीव्र बनाएको छ।

विवाहपञ्चमीमा ११ लाखभन्दा बढी दर्शनार्थी भित्राउन जानकी मन्दिरदेखि प्रदेश सरकारले तयारी तीव्र बनाएको हो । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाईने विवाहपञ्चमी का तयारी एक महिना पहिलेदेखि नै सुरु हुने गर्दछ । विवाहपञ्चमी ले त्रेता युगको झल्को दिने गर्दछ । त्रेता युगमा जसरी राम र जानकीको विवाह भएको थियो , ठीक त्यसकै शैलिमा विवाह समारोहको आयोजना हुने गर्दछ ।

राम र जानकीको मिथिला परम्परा अनुसार प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह सम्पन्न हुने गर्दछ । विवाहपञ्चमी पर्वको सबैभन्दा ठूलो आकर्षण अयोध्याबाट आउने जन्ती नै हो ।

जसरी मिथिलामा विवाहको समयमा जन्तीहरुलाई आदर सत्कार गरिन्छ त्यसरी नै आदर सत्कार गर्नका लागि प्रदेश सरकारले बिशेष तयारी गरेका छन ।विवाहपञ्चमीमा जन्तीको रुपमा साधु सन्तदेखि लाखौ श्रद्धालुहरुको जनकपुरधाममा आगमन हुन्छ ।

जन्तीमा आउने साधु सन्तलाई मिथिला रितिरिबाज अनुसार धोती, कुर्ता ,गमछा र पाग दिएर स्वागत गर्ने तयारी प्रदेश सरकारले गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन । स्वागत सत्कारका लागि प्रदेश सरकारले ५० लाख रुपैया खर्च गर्ने बताईएको हो ।

विवाहपञ्चमीलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विघाको सरसफाई, अस्थायी वासको व्यवस्था, अस्थायी शौचालयको व्यवस्था गर्न लागेका छन । विवाहपञ्चमीमा प्रत्येक वर्ष जनकपुरधाममा ठूलै भीड लाग्ने गरेको छ ।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...