CG Electronics
IME Life
NIMB

वैदेशिक रोजगारीमा खुट्टा गुमाएका बानियाँलाई आर्थिक सहयोग प्रदान (भिडियोसहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं, १९ मंसिर । वैदेशिक रोजगारीको सिलसिलामा देब्रे खुट्टा गुमाएका झापाका केवल बानियाँलाई आज आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा ओसन नेपाल मिडिया प्रा.ली.ले बुधबार एक कार्यक्रमको आयोजना गरेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट प्राप्त २ लाख ५७ हजार ८ सय ९४ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
क्लबका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति ऋषि धमलाले सामाजिक सेवामा समर्पित संस्था र समाजसेवीहरुको सहयोगबाट जीवन धानिरहेका बानियाँसँग रचनात्मक क्षमता भएको भन्दै एउटा गीतको छायांकन गर्न आफूले जिम्मा लिने घोषणा गरेका छन् ।
उनले भने,‘समाज सेवाको सहयोगमा जीवन धानिरहेका केबलजीले जीवनमा केही गरेर देखाउँछु भनिरहनुभएको छ, म संलग्न मिडिया र व्यक्तिगत रुपमा म आँफैपनि तपाईलाई सहयोग गर्न तयार छु, देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई यसै कार्यक्रममार्फत उहाँलाई साथ दिन आग्रह गर्छु ।’
देशलाई चिनाउने संस्कृति र संगीत भएको भन्दै अध्यक्ष धमलाले भने,‘हाम्रो देशको बारेमा विश्वले जान्नुपर्दा हाम्रो भूगोल हेर्दैनन्, हाम्रो संस्कृति, हाम्रो पहिचान, प्राकृतिक तथा साँस्कृतिक पक्षहरुलाई सूरुमा हेर्छन्, त्यसैले केबलजी गीत गाउन, लेख्न र विभिन्न विधामा कलम चलाउन सक्नुहुन्छ, निरन्तर लेख्दै जानुहोला, म आग्रह गर्छु ।’
त्यस्तै कार्यक्रममा नायक जयकिशन बस्नेतले केबल बानियाँको उपचार र जीवन गुजाराको लागि आजै ६० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
उनले भने,‘म अहिले सुटिङ्बाट यहाँ आएको हुँ, उहाँको बारेमा सामाजिक सञ्जालमा पढेको र देखेको थिएँ, साह«ै दुःख लाग्यो, उहाँको जीवन रहुन्जेल केही गरेर देखाउँछु भन्नुभएको छ, हामीले उहाँलाई साथ दिनुपर्छ ।’
पत्रकार धमलाले बानियाँको एउटा म्युजिक भिडियोको छायांकन गर्ने जिम्मा लिएकोमा खुशी व्यक्त गर्दै बस्नेतले भने,‘ऋषिजी जनताको बारेमा बोल्ने एकमात्रै पत्रकार हो । उहाँ हाम्रो देशको नम्बर वान पत्रकार हो । उहाँले आज जुन सहयोगको घोषणा गर्नुभयो, यसले हामी सबैलाई खुशी तुल्याएको छ ।’
देशको बारेमा बोल्ने थोरै व्यक्तिहरुमध्ये पत्रकार धमलापनि एक भएको सुनाउँदै बस्नेतले आफूले भेट्न पाएको खुशी व्यक्त गरे ।
वैदेशिक रोजगारको सिलशिलामा मलेसियामा रहँदा खुट्टा गुमाएका झापाका ३९ वर्षीय बानियाँले आफू जीवनको भीख मागेर बाँच्नु परेको सुनाए ।
उनले भने,‘२०६५ सालमा ३ वर्ष मलेसियामा बसेको बेला अन्तिम महिना थियो, अचानक खुट्टामा घाउ देखियो, मलेसियाका अस्पतालमा उपचार गरियो, ठिक भएन, कम्पनीले नेपाल पठाईदियो, देशका विभिन्न अस्पतालमा उपचार गरें, अन्ततः वीर अस्पतालमा खुट्टा काट्नुपर्यो, विदेशको तातो घाममा मजस्ता हजारौं यूवाहरुको जीवन कुशल र स्वस्थ छैन्, उनीहरु कुनै न कुनै रोगले ग्रसित छन्, त्यसैको एक उदाहरण म हुँ, यता खुट्टा गुमाउनुपर्यो, त्यही समयमा बाबा बित्नुभयो, दिदीको अल्प आयुमा निधन भयो, जीवनको साथीको रुपमा रहेकी श्रीमतिले विभिन्न बहाना बनाएर घर जग्गा आफ्नो नाममा बनाएर बेचेर अर्कैसँग हिँडिन, भएको घर जग्गा झुक्याएर श्रीमतीले बेचेर अर्कैसँग हिड्दा साह«ै पीर हुनेरहेछ ।’
जीवन निक्कै प्रिय हुँदो रहेछ र जीवन धान्न भीख माँगेर भएपनि बाँचौ र केही गरौं भन्ने आँट अझैसम्म पनि नटुटेको उनले सुनाए । ‘सानैदेखिको मेरा सपना भनेको गीत गाएर आफूलाई गायकको रुपमा परिचित बनाउँछु भन्ने थियो’–उनले भने,‘मलेसियाबाट फर्केर गीत रेर्कड गर्छु भन्ने सपना थियो, अझैंपनि गीत गाउँने सोच बनाएको छु, ऋषि धमला दाईले सहयोग गर्छु भन्नुभएको छ, खुशी लाग्यो । म उहाँलाई हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।’

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...