CG Electronics
IME Life
NIMB

१० बैंकिङ्गसहित १९ कम्पनीको साधारण सभा आज

NIMB
Himalayan Bank

 

काठमाडौं । शुक्रबार विभिन्न १९ वटा कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत र सूचीकृत हुन बाँकी रहेका कम्पनी सहति १९ कम्पनीको आज पुस २९ गते वार्षिक साधारण सभा हुने भएको हो ।

 

नबिल बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक, मछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त, नेपाल हाइड्रो डेभलपर, हिमालयन पावर पार्टनर, कालिका पावर, श्वेत गंगा हाइड्रोपावर, प्रिमियर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, शिवम् सिमेन्ट्स, अर्घाआँची सिमेन्ट र नेपाल स्टक एक्सचेञ्जको वार्षिक साधारण सभा आज हुने भएको हो ।

 

नबिल बैंकको ३८ औं वार्षिक साधारण सभा सिल्भर ओक ब्याक्वेट तथा इभेन्ट सेन्टर गैह्रीधारा, काठमाण्डौमा बिहान १० बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र ११.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

नेपाल बैंकको ६३ औं वार्षिक साधारण सभा बिहान ११ बजे प्रधान कार्यालय काठमाण्डौमा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

 

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा बिहान ९ बजे होटल आनन्द तिलगङ्गा काठमाण्डौमा सुरु हुनेछ । बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

 

मछापुच्छ्रे बैंकको २४ औं वार्षिक साधारण सभा बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाण्डौमा सुरु हुनेछ । बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

 

महालक्ष्मी विकास बैंकले २१ औं वार्षिक साधारण सभा लैनचौर ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । महालक्ष्मी विकास बैंकले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

आइसिएफसी फाइनान्स कम्पनीको १९ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान डिल्लीबजार, काठमाण्डौमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय डिल्लीबजारमा १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कूल ७.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आइसिएफसी र श्री इन्भेष्टमेन्ट कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो ।

 

सेन्ट्रल फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारण सभा हेड अफिस कुपोण्डोलमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/÷७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सेन्ट्रल फाइनान्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

मञ्जुश्री फाइनान्सको १५ औं वार्षिक साधारण सभा बिहान ११ बजे थापागाँउ ब्याङ्क्वेट नयाँ बानेश्वर काठमाण्डौमा सुरु हुनेछ । फाइनान्सले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

 

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा एशियन होटल बुटवलमा बिहान ९ बजे सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो ।

 

नेपाल हाइड्रो डेभलपरको १६ औं वार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल काठमाण्डौमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.०२६३ प्रतिशत नगद गरी कूल ५.०२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

हिमालयन पावर पार्टनरको दशौं वार्षिक साधारण सभा अम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाण्डौमा विहान ९ बजे सुरु हुनेछ । कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् ।

 

कालिका पावर कम्पनीको रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कालिका पावर कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेका थियो ।

 

श्वेत गंगा हाइड्रोपावरको छैटौं वार्षिक साधारण सभा बिहान ११ बजे कुण्डलिनी दरवार ब्याङ्क्वेट नयाँ चण्डोल काठमाण्डौमा सुरु हुनेछ । कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

 

प्रिमियर इन्स्योरेन्स कम्पनीको लिसारा रिसेप्सन नक्साल, काठमाण्डौमा बिहान ११ बजे २९ औं वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४।२५ प्रतिशत बोनस सेयर र ०।७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २२ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २१ औं वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद गरी कूल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

शिवम् सिमेन्ट्स कम्पनीको सातौं वार्षिक साधारण सभा होटल सामना, हेटौंडामा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेको थियो ।

 

अर्घाआँची सिमेन्ट्सको २४ औं वार्षिक साधारण सभा बिहान ११ बजे अर्घाखाँची सिमेन्ट थापाथली काठमाण्डौमा सुरु हुनेछ ।

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ४१ औं वार्षिक साधारण सभा बिहान ११ बजे नेप्सेको कार्यालय काठमाण्डौमा सुरु हुनेछ । नेप्सेले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...