CG Electronics
IME Life
NIMB

कृषि बिकास बैंकको ५६ औ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्याक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । कृषि बिकास बैंक लि.को ५६ औ बार्षिक उत्सवको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिको आयोजनामा रक्तदान कार्याक्रम सम्पन्न भएको छ ।

 

कृषि बिकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितीका संयोजक राम बहादुर लामाले अध्यक्षता गर्नुभएको कार्याक्रम सह–संयोजक सुरेश कुमार क्षेत्रिले संचालन गर्नुभएको थियो ।

पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्याक्रममा अतिथिको रुपमा पेशागत महासंघ नेपालका सह–संयोजक दयाराम बस्याल, सचिवालय सदस्य मधुरेन्द्र झा, बैंकका संचालक समिति सदस्य संजिव पौडेल, बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदी, बैंक, बिमा तथा बित्तीय क्षेत्र कर्मचारी संघ नेपालका अध्यक्ष धर्म प्रसाद मैनाली, कृषि बिकास बैंक कर्मचारी संघ नेपालका संयोजक लिला जि.सी. लगायत बैंकका उच्च पदस्थ कर्मचारीहरु, युनियनका प्रतिनिधीहरु लगायत उपत्यका भित्र रहनु भएका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि तथा अतिथीहरुले रक्तदातालाई रक्तदान गर्ने सामाग्री हस्तान्तरण गरि संयुक्त रुपमा उद्घाटन गर्नु भएको उक्त कार्याक्रममा १४७ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

 

नेपाल रेडक्रस सोसाईटीले सहजिकरण गरेको उक्त कार्याक्रम हरेक बर्ष बैंक दिवसको अवसरमा कृषि बिकास बैंक कर्मचारी संघ नेपालले आयोजना गर्ने गरेको कृषि बिकास बैंक कर्मचारी संघ, नेपालका संगठन बिभाग प्रमुख छगेन्द्र आचार्यले जानकारी दिनु भयो ।

 

 

 

 

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...