CG Electronics
IME Life
NIMB

बैंकबाट ऋण लिंदै हुनुहुन्छ ? कुन बैंकबाट ऋण लिँदा पर्छ सस्तो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । बैंकको ब्याजदर महंगिएको छ । बैंकहरूले तरलता अभावका कारण निक्षेपको ब्याजदर बढाउँदा लागत वृद्धि भएर आधारदर नै दोहोरो अंकमा पुगेको हो । पछिल्लो एक वर्षमा वाणिज्य बैंकको आधारदर (बेसरेट)झन्डै तीन प्रतिशतले बढेको सार्वजनिक वित्तीय विवरणहरूले देखाउँछ ।

निक्षेपको ब्याजदर वृद्धिले बैंकको लागत बढाएर आधारदर उकालो लागेको छ भने त्यसको असर कर्जाको ब्याजदरमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास(साउन–पुस) मसान्त सम्म वित्तीय विवरण सार्वजनिक गरेका २१ बैंकहरूको औसतमा आधारदर १०.७८ प्रतिशत पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो आधारदर ८.१२ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले लिने ऋणको ब्याजदर सोही आधादरले तय गर्छ । जसमा संस्थाहरूले ६ प्रतिशतसम्म प्रिमियम लिएर ऋण दिन्छन् । यसको आधारमा हाल बैंकको आधारदरमा प्रिमियम जोड्दा १८ प्रतिशतसम्म कर्जाको ब्याजदर पुग्छ ।

बैंकहरूले अहिले कर्जाको ब्याजदर १८ प्रतिशत बढी लिइरहेका छन् । निक्षेपकै ब्याजदर १५ प्रतिशतसम्म दिएपछि कर्जाको ब्याजदर थप महंगिएको हो । चालु वर्षको पहिलो र दोस्रो त्रैमासमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले तेस्रो त्रैमासको माघदेखि घटाएका थिए ।

निक्षेपको ब्याजदर तत्काल घटे पनि कर्जाको ब्याजदर भने वैशाखपछि मात्र घट्छ । बैंक तथा वित्तीय संस्थाहरूले तीन महिनाको लागतको आधारमा औसतमा बेसरेट निकाल्छन् । सोही आधारमा ब्याजदरमा कर्जाको ब्याजदरमा फेर बदल आउँछ ।

वित्तीय प्रणालीमा तरलता अभावका कारण गत आवको दोस्रो त्रैमासदेखि संस्थाहरूले कर्जा लगानी गर्न सकेका छैनन् । निक्षेप बढाउन ब्याजदर मात्र वृद्धि गर्दा बैंकको लागत र कर्जा मात्र महंगिएको छ । अहिले भने तरलता भएपनि कर्जाको माग बढेको छैन । जसको कारण ब्याजदर घटाउनेमा बैंकको ध्यान गएको छ । चालु आवको पहिलो त्रैमासमा २.८३ प्रतिशतले बढेर औसतमा १०.२३ प्रतिशत पुगेका थियो ।

कुन बैंकबाट ऋण लिँदा सस्तो ?

जुन बैंकको आधारदर कम छ त्यो बैंक तथा वित्तीय संस्थाले सस्तोमा कर्जा प्रवाह गर्छ भने जसको धरै छ त्यस्तो संस्थाले ब्याजदर महंगो लिने गरेको पाइन्छ । यद्यपि, ऋणको प्रकृति हेरेर आधारदरमा कति प्रिमियम थप्ने भन्ने कुराले पनि ब्याजदर सस्तो र महंगो तय गर्छ ।

चालु आवको दोसे त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरूको बेसरेट न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म पुगेको तथ्यांकले देखाउँछ ।

जसमा सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ९.६७ प्रतिशत छ । यस बैंकबाट कर्जा लिँदा ग्रहाकहरूले सबैभन्दा कम ब्याजदरमा ऋण पाउने देखिन्छ ।

यसैगरी, नेपाल, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र एभेरेष्ट बैंकको ब्याजदर ९ प्रतिशत छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, सिद्धार्थ, नबिल, एसबीआई, सानीमा, ग्लोबल आइएमई बैंकको आधारदर १० प्रतिशत भन्दा बढी छ ।

सबैभन्दा धेरै आधारदर सिभिल बैंकको ११.७३ प्रतिशत रहेको छ । सनराइज बैंकको ११.६२ सिटिजन्स बैंक इन्टरनेशनल, लक्ष्मी बैंकको आधारदर ११.३७ रहेको छ ।

यसैगरी, प्राइम कमर्सियल, प्रभु, एनआइसी एसिया र कृषि विकास बैंकको आधादर नै ११ प्रतिशतभन्दा माथि छ । यी बैंकहरूको आधारदर एक वर्षमा ३ देखि ४ प्रतिशतसम्म बढेको छ ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...