CG Electronics
IME Life
NIMB

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । सातौँ वरियताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टु अन्तर्गत २०२२–२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३औँ वरियताका रमेश अधिकारीलाई ७–६ ले हराउँदै दिनेश उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै दिनेशले ६० हजार प्राप्त गरे। दोस्रो भएका रमेशले ४२ हजार हात पारे।

 

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो ९ होलको खेलमा ४ होलको अग्रता बनाए। १८ होलको समाप्तीमा दिनेश ८ होलको फराकिलो अग्रता बनाउन सफल रहे। खेलमा फर्कने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रतालाइ ४ होलमा घटाए।

 

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै दिनेशको अग्रतालाइ ३न होलमा झारे। तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५–होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा सहज जितका साथ उपाधि आफ्नो नाममा लेखाए।

 

प्रतियोगितामा आठौं वरियताका धन बहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धाबराबरीमा टुंगिएपछि धनले प्ले–अफको पहिलो होलमा १०औं वरियताका भुवनकुमार रोक्कालाई पराजित गरे। तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार प्राप्त गरे।

 

क्वाटरफाइनलमा पराजित चार खेलाडीहरु, नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरियताका भुवन नगरकोटी, तेस्रो वरियताका जयराम श्रेष्ठ र पाँचौ वरियताका रवि खड्काले समान ११ हजार प्राप्त गरे। यसैगरी पहिलो चरणबाट बाहिरिएका टंकबहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६ हजार प्राप्त गरे।

 

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए पनि ४ खेलाडी देशबाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले भाग लिएका थिए। सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रहेको थियो।

 

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान र ब्रान्ड म्यानेजर विदुरराज अधिकारीले पुरस्कार वितरण गरे। सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२–२३ सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्धित हिमालयन गल्फ कोर्षमा फाल्गुन १० गतेदेखि आयोजना हुनेछ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...