माछापुच्छ्रे बैंकका ग्राहकलाई विशेष छुट
Thursday Feb 09, 2023
वि.सं.२०७९ माघ २६ बिहीवार २२:५८
काठमाडौं। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।
सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिँदा १०५ देखि २०५ सम्म छुट प्राप्त गर्नेछन् भने काठमाडौँको वसुन्धारामा अवस्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५५ देखि १०५ सम्म छुट प्राप्त गर्नेछन्।
सम्झौता अन्तर्गत भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले डाक्टर परार्मश, फार्मेसी, प्याथोलोजि ल्याब, ECG/ECHO/USG,TMT,Digital X-ray,Dental Services लगायतका अन्य सेवाहरुको शुल्कमा उक्त छुट प्रदान गर्ने छ भने चिरायु नेसनल अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु वेड, एम्बुलेन्स, औषधी तथा डाइगोनिष्टिक सेवाहरुको शुल्कमा न्युनतम ५५ देखि बढिमा १०५ सम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा त्तच् प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
माछापुच्छ्रे बैंक लिले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ ।




























