CG Electronics
IME Life
Ncell NPL

होली इभेन्टको टिकट खरिद गर्ने एउटै प्लेटफर्म आइएमई पे

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाण्डौं । आइएमई पेले यो वर्षको होलीका लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भई ती इभेन्टहरुको टिकट प्रदायकका रुपमा रहने जानकारी सार्वजनिक गरेको छ।

ग्राहकलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो। आइएमई पेमा ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन्।

यस्ता छन् इभेन्टहरु

कलरेल्ला, अन्नपूर्ण होटेल
कलर स्प्ल्यास, द मल्ल होटेल
होली फिएस्ता २०२३, सिद्धार्थ बुटिक होटेल

यी इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन्। ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्यभन्दा थोरै मुल्यमा पाउन सक्नेछन्। टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटल सोलुसनले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानी, विद्युत तथा खानेपानीको महसुल भुक्तानी, लोकसेवा परीक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकारअन्तर्गतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउनुपर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बीमा, ईएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।

 

 

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...