सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक
Wednesday Mar 08, 2023
वि.सं.२०७९ फागुन २४ बुधवार २०:४१
काठमाडौं । सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक बर्ष २०७८ ÷७९ को नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको स्वीकृत भईसकेको छ। कम्पनीले न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको हो।
सन लाइफ सर्वाधिक जीवन योजना
यस बीमा योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० अधिकतमसम्म कायम गरिएको छ।
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)मा कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४ सय ३ वटा बीमा योजना बिक्रि गरेको छ ।
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।
सुनौलो सावधिक जीवन बीमा
कम्पनीले नयाा बोनसदरमा सुनौलो सर्वाधिक जीवन बीमा योजना अन्तर्गत न्यूनतम ३० रुपैयाँ देखि अधिकतम ५० रुपैयाँ निर्धारण गरेको छ।
नवीन आजीवन जीवन बीमा
कम्पनीको अनुसार नयाँ बोनसदरको आधारमा न्युनतम ३८ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ। कम्पनीले ९ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन
सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले प्रति हजार ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत)
यस बीमा योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २९ रुपैयाँ बोनसदर कायम गरेको छ ।
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिको लागि प्रति हजार २९ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।




























