खेल र खेलाडीले देशको ओज र तेज बढाउँछ : पूवमन्त्री एवं कांग्रेसका नेता राजेन्द्र कुमार केसी
Sunday Mar 12, 2023
वि.सं.२०७९ फागुन २८ आइतवार ०८:५०
काठमाडौं । स्वास्थका लागि खेलकुद, राष्ट्रका खेलकुद भन्ने नारा सहित काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका वडा नं. १ स्थित घट्टेचौरमा नेपाल सिनक्योकुसिन काई कराते संघ चाल्नाखेलद्वारा आयोजित तेस्रो मेयर कप राष्ट्रिय पुरुष तथा महिला तौल समूह तथा केविन रोहण स्मृति उपत्यका व्यापी सिनक्योकुसिन फुल कन्ट्याक्ट कराते प्रतियोगिता भव्यताका साथ उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि माननीय सांसद, पूर्व खेलकुद मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता राजेन्द्र कुमार केसीले दिपप्रज्वलन गरी उक्त खेलको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै सांसद एवं नेता केसीले खेलाडी मुलुकका गहना हुन्, खेल र खेलाडीको विकासले मुलुकको अवस्था जनाउने बताउनु भयो ।
त्यसैगरी खेल खेल्नको लागि मात्र नभई शारिरीक र मानसिक रुपमा स्वस्थ हुने बताउनु भयो । खेल र खेलाडीले देशको ओज र तेज बढाउने समेत उहाँले बताउनु भयो ।
उहाँले नेपालमा खेललाई प्राथमिकतामा राखि युवा तथा खेलकुद मन्त्रालय नै खडा गरि खेल र खेलाडीको विकासको लागि सरकारबाट नै सहयोग भएको बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथिमा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ हुनुहुन्छ ।




























