CG Electronics
IME Life
Ncell NPL

इन्फोडेभलपर्सद्वारा महिला कर्मचारीहरूलाई सम्मान

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले महिला कर्मचारीहरुलाई सम्मान गरेको छ । अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा इन्फोडेभलपर्सले तीन बर्ष भन्दा बढी योगदान गरेका महिला कर्मचारीलाई आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।

इन्फोडेभलपर्समा सफ्टवेयर डेभलपमेन्ट, प्लानिङ, सेल्स, मार्केटिङ, सपोर्ट लगायतका विभागहरुमा १०६ जना महिला कर्मचारीहरु काम गरिरहेका छन् । कम्पनीले अनु खड्का, बिन्दु प्रधान, दिक्षा शाक्य, लसता तुलाधर, मनिषा खनाल, निश्मा काफ्ले, रेनुका खड्का, सन्जु मगर, श्रेया तामाङ्ग, श्रीस्टिना नकर्मी, सुस्मिता राईलाई सम्मान गरेको छ ।

सम्मान पाउने कर्मचारीहरुको तर्फबाट आफ्नो भनाइ राख्दै वरिष्ठ इन्जिनियर निश्मा काफ्लेले नेपालकै अग्रणी कम्पनीमा काम गर्दा विभिन्न प्रयोगात्मक कुराहरु सिक्नुको साथै आफुलाई आईसीटी क्षेत्रमा अब्बल बनाउदै लैजान ठूलो भूमिका खेलेको बताईन

उक्त कार्यक्रममा सम्मानको अतिरिक्त कर्मचारीहरुद्वारा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा महिला कर्मचारीहरुको तर्फबाट आफ्नो भनाई राख्ने क्रममा प्रडक्ट ओनर दिपिका पौड्यालले कार्यालयमा काम गर्ने क्रममा कुनै पनि असमान व्यवहार नपाएको बताए ।

यस्तै गरी कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) डा. राजिब सुब्बाले अपोलो प्रोजेक्टका प्रमुख सफ्टवेयर इन्जिनियर मार्गेट हामिल्टन लगायतको उदाहरण दिँदै सुरुका दिनहरुमा सफ्टवेयर डेभलपमेन्टका लागि कोड लेख्ने काम महिलाहरुले गर्दे आएकोमा हाल आईसीटीको क्षेत्रमा काम गर्ने महिलाहरुको संख्या कम हुँदै गएको बताए ।

 

 

विश्वको आईसीटी क्षेत्रमा २२ प्रतिशतत महिलाले काम गर्दै आईरहेको तर इन्फोडेभलपर्समा भने कम्तिमा ३० प्रतिशत भन्दा बढी महिला कर्मचारिहरु हुनु आफैमा गौरवको विषय भएको समेत बताए । विभिन्न पेसामा जस्तै आईसीटीको क्षेत्रमा पनि महिलाहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने पनि उनको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले आफूले कहिले पनि कर्मचारी नियुक्त गर्ने बेलामा महिला र पुरुष भनेर कुनै तुलना नगर्ने बताए । कम्पनीमा कुनै पनि सेवा, सुविधा र जिम्मेवारीमा महिला र पुरुषबीच भेदभाव गर्न नहुने उनको धारणा छ । महिला हुँदैमा कमजोर छु भन्ने सोच्नु र केही कुरामा अरुमा निर्भर हुनु खोज्नु आफैमा कमजोरी भएको भन्दै रघुवंशीले आफ्नो कमजोरीहरुलाई जितेर अगाडि बढ्न हौसला प्रदान गरेका । इन्फोडेभलभर्सले आगामी २/३ बर्षमै महिला कर्मचारीहरुको संख्या ३५ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्य पनि राखेको छ ।

सन् २००२ मा स्थापना गरिएको इन्फोडेभलपर्स प्रा.लि. सहकारी र लघुवित्तका लागि कोर बैकिङ्ग सोलुसन विकास गर्ने अग्रगामी फिनटेक कम्पनी हो । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिन ३५० बढी कर्मचारिहरुले काम गरिरहेका छन् ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...