CG Electronics
IME Life
NIMB

अब इटहरीमा कोरियन प्रविधिको आगोमा नपोली बाताबरण मैत्री इँटा बन्ने

NIMB
Himalayan Bank

 

काठमाडौ ।  दक्षिण कोरियन निर्माणजन्य सामाग्रीको उत्पादक कम्पनी इन्नो सीएसआर नेपाल र एन. पी. निर्माण सेवा प्रालि बीच ‘गुड ब्रिक्स सिस्टम’लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ साझेदारी भएको छ ।

इटहरीमा रहेको एन. पी. निर्माण सेवाले इन्नो सीएसआरद्वारा विकसित नन फायर इँटा उत्पादन प्रविधि ‘द गुड ब्रिक्स सिस्टम’मा सहकार्य गर्दा कोशी प्रदेशको विकास तथा निर्माणका लागि महत्वपूर्ण हुने साम येान सुक लिले बताए ।

इन्नोसीएसआरले हालै नेपालका विभिन्न भागहरूमा इट्टा उद्योगहरू तथा निर्माण कम्पनीहरूसँग समेत सहकार्यको घोषणा गरेको छ ।

साम योन सुक लीले ‘ कोशी प्रदेशमा (प्रदेश नम्बर १) रहेको एन. पी. निर्माण कम्पनीसँगभएको साझेदारीप्रति खुशी प्रकट गरेका छन् । गुणस्तरीय इँटा उत्पादन गरि निर्माणका क्रममा वायु प्रदूषण कम गर्ने उनको भनाइ छ । ‘माटो, सिमेन्ट र सोयल स्टेपलाइजरको मिश्रणबाट बनेको गुड ब्रिक्स सिस्टमले इटाको गुणस्तरका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ,’ उनले भने ।

‘कोशी, बाग्मती र गण्डकी प्रदेश सहित नेपालभरि तिब्र गतिमा साझेदारीतथा उधोग स्थापना बढाउँदै गएकाले यस प्रविधिबाट तयार पारिएको इँटाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ ।’ साम येन सुक ली थप्छन् ‘ ग्राहक सेवाको सहजतालाई ध्यानमा राख्दै हामीले चाँडै नै सातवटै प्रदेशमा कम्पनी सञ्चालनमा ल्याउने योजना बनाएका छौं ।’

आगोमा नपोली बाताबरण मैत्री र अन्तर्राष्ट्रिय मापदण्डको इँटा इटहरीमै उत्पादन गर्ने सम्झौता गर्दा आफुहरु उत्साहित भएको एन. पी. निर्माण कम्पनीका सञ्चालक मनिता दंगालले बताइन् ।

इन्नोसीएसआर सन् २००८ मा स्थापित विस्वस्तरीय निर्माण सामाग्री प्रविधि प्रदायक कम्पनी हो । कम्पनीले ‘गुड ब्रिक्स सिस्टम’ मार्फत एसिया र एसिया बाहिरका मुलुकहरूमा निर्माणकार्यलाई अझ सहज र मजबूत बनाउने लक्ष्य राखेको छ । यस सिस्टममार्फत उत्पादित इँटाको प्रयोगले वातावरणलाई समेत नकारात्मक असर नपार्ने कम्पनीको दाबी छ ।

एन.पी. निर्माण सेवा वि.सं. २०७५ मा स्थापना भएको कम्पनी हो । कम्पनीको कम्पनीले इटहरी र आसपासका क्षेत्रमा निर्माण सामाग्री आपूर्ति गर्दै विभिन्न निर्माण कार्यमा सहभागी हुँदै आएको छ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक, ऋण तिर्न समितिको आग्रह

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक, ऋण...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:१०

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको...

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा सरकारको विरोध

सीमा अतिक्रमण रोक्न नसकेकोमा श्रमसंस्कृति पार्टी द्वारा...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१५

काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै...