नवनियुक्त सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल उद्योग परिसंघको बधाई भेट
Friday Mar 17, 2023
वि.सं.२०७९ चैत ३ शुक्रवार १९:२४
काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाई ज्ञापन गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शितल निवासमा बधाई ज्ञापन गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट राष्ट्रपति पौडेललाई बधाई एवं शुभकामना दिनुहुँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव दिनुभयो ।
अध्यक्ष अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितीबाट गुज्रिरहेको भन्नुहुँदै अर्थतन्त्र सुधारका लागि मागमा बृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताउनुभयो । उहाँले परिसघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको “रिबुटिङ नेप्लिज इकोनिमी” अवधारणा राष्ट्रपति समक्ष पेश गर्नुभयो ।
परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताउनुभयो ।
राष्ट्रपति पौडेललाई परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ्ग काउन्सिल सदस्यहरु शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दिपकराज जोशीले बधाई तथा शुभकामना दिनुभयो ।























