CG Electronics
IME Life
NIMB

रिटर्नी फेडेरेसन नेपालको महाधिवेशन तयारी पुरा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेडेरेसनले यही चैत्र ११ र १२ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

काठमाण्डौंको धुम्बाराहीमा हुने महाधिवेशनका लागि हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न भएको फेडेरेसनले जनाएको छ ।

चन्द्र महादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरिएको जानकारी दिदैँ रिटर्नी फेडेरेसन नेपालका प्रमुख जेपी सापकोटाले भने ‘रिटर्नी फेडेरेसन नेपालले यही चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन काठमाण्डौंको धुम्बाराहीमा सम्पन्न गर्नको लागि आवश्यक तयारी पूरा गरेको छ।

 

पौष १६, २०७८ मा चन्द्र महादुर रोकाहाको अध्यक्षतामा १९ सदस्यीय तदर्थ कमिटी गठन गरेको यस संगठनले हालसम्म ५ वटा प्रदेश कमिटी, ५४ जिल्ला कमिटी विभिन्न पालिका कमिटीको अधिवेशन सम्पन्न गरिसकेको छ ।’

देशभरिका ४ सय प्रतिनिधिको उपस्थितिमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ११ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

जनसंगठनको रूपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरी स्वदेश फर्जेकाहरुलाई संगठित गर्दै आएको छ । विभिन्न कारणले विदेशमा पुगेका नेपालीहरुले त्यहाँ आर्जन गरेका ज्ञान, पुजिँ, सिप र जागरलाई उत्पादनसँग जोडेर दिगो अर्थतन्त्र विकास गर्न जरुरी भएको उनको भनाई छ ।

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...