CG Electronics
IME Life
NIMB

राज्यले अपाङ्गताको पीडालाई नबुझेको पूर्व राज्यमन्त्री कार्कीको टिप्पणी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौँ । पूर्व राज्यमन्त्री तोषिमा कार्कीले राज्यले अपाङ्गता भएकाहरूको पिडा नबुझेको टिप्पणी गरेकी छिन् ।

बैङ्क तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यले अपाङ्गता भएकाहरूको लागि बनेका नीति नियम कार्यान्वयनमा सरकार उदासीन भएको आरोप समेत लगाइन् ।

 

उनले भनिन् ‘अपाङ्गता भएका व्यक्तिहरूमा विशेष क्षमता छ । यो विषयमा सरकारका सम्बन्धित निकायले ध्यान दिएका छैनन् । अपाङ्गता भएका व्यक्तिहरूको लागि बनेको नियम कानुनहरु कार्यान्वयन भएको छैन । नियामक निकायहरू बलियो नहुनाले हो । जसको लागि हक अधिकारको वकालत गरिनुपर्ने हो त्यो आवाज नसुनिदिनाले हो । हामी अन्धो नभएकाहरूले देख्नुपर्ने धेरै समस्याहरू रहेछन् । ’

सोही कार्यक्रममा बोल्दै नेत्रहीन महिला संघ नेपालका सल्लाहकार मिरा अधिकारीले अपाङ्गता भएका महिलाहरूलाई समाजले केही गर्न सक्दैन भन्ने मानसिकताले व्यवहार गर्ने गरेको बताइन् ।

 

चुनौती हरेक क्षेत्रमा हुने गरेको र त्यसको सामना गर्न प्रत्येक अपाङ्गता भएकाहरू तयार रहनु पर्ने उनको भनाई छ । अपाङ्ग भएका महिलाहरूको अधिकार, प्रवर्द्धन, वित्तीय न्याय र समावेशीकरणका लागि राज्य र समाजले हेर्ने दृष्टिकोण नै फरक भएको र काम गर्न चाहनेले पनि काम पाउन नसकेको उनको भनाई छ ।

अपाङ्गता भएकै कारण तालिम लिएकाहरूले समेत काम नपाएको गुनासो गर्ने गरेको उनले बताइन् । त्यस्तै कतिपय व्यक्तिले तालिम लिन चाहे पनि आर्थिक अभावका कारण समस्या भएको उनीहरूको भनाई छ ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...