CG Electronics
IME Life
NIMB

कोका–कोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पिइटि सङ्कलन बिनहरू राखिँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विश्व रिसाइक्लिंग दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिनहरु राखिएका छन् । रिसाइकल प्रक्रियामार्फत पिइटि बोतलहरूलाई पुन प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पु¥याउने उद्देश्यका साथ यस परियोजनाको शुरुवात गरिएको थियो । अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना “रिफ्रेस एण्ड रिसायकल“ एभ्त् बोतल सङ्कलन अभियानको दोस्रो चरण हो ।

धेरै मानिसहरुको जमघट हुने र पेट बोतलहरु बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानहरुमा यी बिनहरू राखिने छ ।

डोको रिसायकलर्सका सह–संस्थापक राघवेन्द्र महतोले भन्नुभयो, “रिफ्रेस एण्ड रिसायकल २०२३’ एउटा परियोजना मात्र नभइ एउटा परिवर्तन हो । एउटा यस्तो परिवर्तन जसमा हामी प्रत्यक नेपालीलाई यो सिकाउन सकौँ कि पिइटि बोतलहरु यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ जसले गर्दा बातावरणमा पर्ने नकरात्मक असरहरु थोरै भए पनि कम गर्न सकिन्छ । र यसै सन्दर्भमा कोका–कोलाको वर्ल्ड विदाउट वेष्ट जस्तो विश्वव्यापी अभियानमा सहकार्य गर्न पाएकोमा हामीलाई खुशी लागेको छ । यसरी संकलन गरिएका सबै एभ्त् बोतलहरू हाम्रो भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकल गरिने पनि जानकारी गराउन चाहन्छु ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भन्नुभयो, “कोका–कोलाले वर्ल्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ्ग र पुनः प्रयोग सम्बन्धि परियोजनाहरु सञ्चालन गरिरहेको छ । हामीले सन् २०३०सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङहरु सङ्कलन र पुनः प्रयोग गर्ने प्रतिबद्धता गरेको छौँ । यसै दिगोपन प्रतिको प्रतिबद्धताको एक भागको रूपमा हामीले काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानहरूमा एभ्त् रिसाइक्लिङ बिनहरू राखेका छौं ।”

भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर श्रीमती मुना राईले भन्नुभयो,“ सर्वप्रथम त विश्व रिसाइक्लिंग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफु वरीपरीको वातावरणलाई सफा राख्नु पनि हाम्रो दायित्व हो । कोका–कोला बेभरेजसँग हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौं र द्यद्यक्ः, पाटनमा पनि यस सहकार्यको लागि पहल गरेकोमा डोको रिसाइकलर्सप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं।

यस रिफ्रेस एन्ड रिसाइकल अभियानले सर्वसाधारणहरुलाई आफुले प्रयोग गरिसकेको पिइटि बोतलहरु यी कलेक्सन बिनहरुमा फ्याँक्न प्रोत्साहन गरेको छ । त्यस्तै यी बिनहरुमा बोतल फ्याँक्नु अगाडि ती बोतलहरु भर्खरै प्रयोग गरिएका अथवा सफा, खाली र सकेसम्म क्रस गरेर (कुच्याएर) फाल्न पनि अनुरोध गरिएको छ । यी बिनहरुमा कस्तो बोतल फ्याँक्न मिल्छ, तिनीहरुलाई कसरी फ्याँक्न मिल्छ र त्यसरी फालिएका बोतलहरु कसरी रिसाइकल गरिन्छन् भनेर पनि जानकारीहरु राखिएका छन् । पिइटि प्लास्टिकहरु सुरक्षित, हलुका, किफायती, पारदर्शी, पुन आकार दिन मिल्ने र शत प्रतिशत रिसाइकल गर्न मिल्ने किसिमका हुन्छन् । फालिएका पिइटि बोतलहरु फोहोरको रुपमा वर्गिकरण हुँदैनन् र यिनिहरुको आफ्नै महत्व हुन्छ ।

यी बिनमा संकलन भएका बोतलहरु प्रत्यक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पिइटि रिकभरी प्लान्टमा पठाउँछ । पिइटि सामानहरु रिसाइकल गरेर नयाँ बोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागि फाइबरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता बिनहरुबाट डोको रिसाइक्लरले हालसम्म करिब २१९५ केजी पिइटि बोतलहरु संकलन र रिकभर गरिसकेको छ ।

सन २०१८ मा कोका–कोलाले २०३० सम्ममा आफुले उत्पादन गर्ने सबै बोतल र क्यानहरू बराबरका खाली क्यान र बोतलहरु सङ्कलन र रिसाइकल गर्ने उद्देश्यका साथ वर्ल्ड विदाउट वेष्टको घोषणा गरेको थियो । यही विश्वव्यापी कार्यक्रमको उद्धेश्यलाई आत्मसात गर्दै कोका–कोला नेपालले पनि आगामी दशक सम्ममा वर्ल्ड विदाउट वेष्टको लक्ष्य प्राप्ती गर्ने उद्घेश्य सहित नगरमित्र, रिसाइक्लर साथी, र रिफ्रेश एन्ड रिसाइकल जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...