CG Electronics
IME Life
NIMB

आफ्नो बाइकलाई कसले बढी आकर्षक र अचम्मको देखिने बनाउन सक्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यस वसन्त ऋतुको आगमन संगै रोयल इन्फ़िल्ड ब्राण्डका मोटरसाइकल तथा क्लासिक मोटरसाइकल चढ्ने साथिभाइ समाजमा एउटा उमंगको तरंग छाएको छ । आफ्नो मोटरसाइकललाई चम्काउने, नयाँ रंग-रोगन गर्ने, मर्मत गरिकन चिटिक्क पार्ने देखि लिएर अचम्मको स्वरुप दिने कामको समयमै फत्ते गराउन यो समाजमा एक किसिमको अफरातफरी नै मच्चिदै छ ।

आफ्नो बाइकलाई कसले बढी आकर्षक र अचम्मको देखिने बनाउन सक्छ र कसले पहिला आफ्नो नाम दर्ता गराउने भन्ने होड बाजी नै चल्दैछ । नचलोस पनि किन ? देशमा यो भन्दा रोचक र पृथक मोटरबाइक राइडिङ्ग कार्यक्रम अरु त छदै त छैन ।

वर्षभरि नआउने उमंगको यो अफरातफरी यहि समयमा पर्नुको कारण चाहि आशन्न १३ औ संस्करणको ‘पोकर रन नेपाल’ कार्यक्रम हो । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एउटा महान उत्सवको रुपमा मनाउन उक्त पोकर रन नेपाल कार्यक्रम आयोजना हुने गर्दछ ।

हरेक वर्ष चैत्र ३१ गते नेपाल पर्यटन बोर्डको प्रांगण काठमान्डौ बाट सुरु भै विभिन्न किसिमको रंग, बनावट र सजावटले सुसज्जित आ-आफ्नो मोटरसाइकल चढेर करिव २०० किमिको दुरी पार गर्दै त्यहि बेलुकी पोखरा पुग्ने गरिन्छ ।

पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा त्यो रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरंजन) को व्यावस्था गरिएको हुन्छ । यस पोकर रन नेपाल कार्यक्रममा रोयल इन्फ़िल्ड कम्पनीका सबै र क्लासिक तर्फ़ ३५० सिसि क्षमता भन्दा माथिका मोटरसाइकल धनीले भाग लिन पाउछन ।

यस कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले तास संग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एक-एक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ ।

अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबै भन्दा ठुलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनि द्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ । कार्यक्रमकै अंश अनुरुप वैशाख १ गतेका दिन पोखरा ग्राण्ड होटलको प्रांगणमा लाईभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरि सहभागीलाई भरपुर मनोरंजन प्रदान गरिन्छ ।

यस पटकको पोकर रन नेपाल कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, न्यू जिल्याण्ड, संयुक्त अधिराज्य, क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित २५० को हाराहारीमा सहभागीहरु रहन्छन । पोकर रन नेपाल सम्पुर्ण एसिया महादेशमै एक मात्रै पाँच तारे दर्जाको मोटरबाइक कार्यक्रम हो ।

यस रोचक कार्यक्रमको परिकल्पना गरि त्यसको साकार रुप दिने श्रेय चाहि स्याक्रेड सम्मिट्स प्रा लि का सिइओ श्री रवि थापालाई जान्छ । रवि थापा र उनको कम्पनि स्याक्रेड सम्मिट्स प्रा लि लाई यो एउटा कार्यक्रम मात्रै नभई सम्पूर्ण हिमालय क्षेत्र (नेपाल, भारत, चीनको तिब्बत, भुटान) मा क्लासिक तथा भिण्टेज मोटरसाइकल टुरिजमको जन्मदाता नै मानिन्छ ।

दिवंगत राइडर मित्र बिनोद क्षेत्रीको सम्झनामा अर्पण गर्दै रवि थापा र अस्ट्रेलियामा हार्लि पोकर रन अस्ट्रेलिया संचालक स्टेवि मक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागिताका साथ सुरुवात गरिएको यस पोकर रन नेपाल कार्यक्रम (सुरुवाती दिनमा द इनफिल्ड रंदेभु एण्ड पोकर रनको नाममा संचालन भै सन् २०२१ देखि पोकर रन नेपाल नामाकरण गरिएको) यस साल, सन् २०२३ सम्म आइपुग्दा ४०० जना भन्दा धेरैको (सन् २०१५ मा ४१५ जना) सहभागिता हुने गरेको छ । पोकर रन नेपाल एउटा राइडिङ्ग इभेन्ट मात्रै नभई यो जिन्दगीमा एक पटक अनुभव गरनै पर्ने कार्यक्रम मध्यको एक नम्बरमा पर्दछ । सबै उमेर समूह, महिला वा पुरुष, साथीभाई, इस्ट मित्र मिलेर एकैसाथ रमाइलो गर्न पाउने भएको हुनाले पनि यस कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको हुनु पर्दछ ।

यस कार्यक्रमको मुख्य उदेश्य भनेको नै मोटरसाइकल यात्रा मार्फत भातृत्वको विकाश गर्नु हो ।त्यसैले त यसको मुख्य नारा नै ‘भातृत्व बन्धनको धड्कन (द थम्प दयाट बाइण्ड्स The Thump That Binds) रहेको छ ।यसको अर्को रमाइलो पक्ष भनेको सहभागीलाई प्रदान गरिने सुन्दै रोचक लाग्ने बिभिन्न किसिमका पुरस्कारहरु हुन् – बेस्ट इन्फ़िल्ड अवार्ड, द बेस्ट सपोर्टिङ्ग वुमन राइडर, सिनियर सिटिजन अवार्ड, हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दु:ख दियो) जस्ता पुरस्कारहरु दिइन्छ । यि पुरस्कारहरु विभिन्न व्यापारिक घराना, साथि भाइ द्वारा प्रायोजित हुने गर्छन ।

यस १३औ संस्करणको पोकर रन नेपाललाई श्री अल्फा अटोमोटिभ प्रा लि (रोयाल इन्फ़िल्ड मोटरसाइकलको नेपाल अधिराज्यको आधिकारिक बिक्रेता) को मुख्य प्रायोजन तथा यति ब्रुवरिज, डाबर नेपाल रियल जुस र कवच राइडिङ्ग गियरको सह प्रायोजन र अन्य धेरै मित्रहरुको साथ र सहयोगमा हुन गैरहेको छ ।

समुहगत वा व्यक्तिगत मनोरंजनका निम्ति मात्रै नभै यस पोकर रन नेपाल कार्यक्रममा सामाजिक उत्तरदायित्व वहनका कार्य पनि गरिन्छ । यो कार्यक्रमको माध्यमबाट देशमा एउटा नौलो किसिमको पर्यटन विकाश र त्यसको प्रवर्द्वन हुने त छदैछ । बैशाख १ गतेका दिन सबै सहभागीहरु पोखराको दुरदराजमा रहेका सरकारी विद्यालयमा गै विभिन्न सैक्षिक सामाग्री हस्तान्तरण गर्ने गरिन्छ ।

पोकर रन नेपाल कार्यक्रममा सहभागी भै नेपाली नयाँ वर्ष २०८० लाई भव्यताका साथ स्वागत गरौ । भातृत्व र भाइचारा फ़ैलाऔ । नेपाली पर्यटनको विकाश र प्रवर्द्वन गरौ ।

 

 

 

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...