गोरखाको बलुवा केन्द्रबिन्दु भएर ४ दशमल १ रेक्टर स्केलको भूकम्प
Tuesday Apr 11, 2023
वि.सं.२०७९ चैत २८ मंगलवार २२:२१
काठमाडौं । गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४।१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्राईले, भने ‘ भर्खरै हामीले ४ दशमलव १ रेक्टर स्कलेको भूकम्प रेकर्ड ग¥र्यौँ । यो २०७२ सालको गोर्खा भूकम्पकै परकम्प हो । विस्तृत जानकारी त अध्ययनपछि मात्रै भन्न सकिएला ।’
भूकम्पका कारण कुनै क्षतिको विवरण प्राप्त भएको छैन् ।
यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका ठाउँमा भूकम्प गएको थियो ।






















