CG Electronics
IME Life
Ncell NPL

रवि लामिछाने यसपटक चितवनमा तेस्रो स्थानमा आउछन् : महेश बस्नेत

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको बताएका छन् ।

 

एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनको समीक्षा एवं अन्तरक्रियाका लागि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको आरोप लगाए ।

 

 

यही बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले तेस्रो स्थानमा आउने दावी पनि उनको छ । चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको जीत निश्चित् रहेको बस्नेतको दाबी छ ।

 

चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुने जिकिर गर्दै उनले चितवनका जनता त्यति मुर्ख छन्जस्तो आफुलाई नलागेको बताए ।

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ ।

 

रविजी त्यसलाई पछ्याउनुहुन्छ । राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनुपर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन्जस्तो मलाई लाग्दैन,’– उनले भने ।

नेता बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिए ।

 

बालेनजी नयाँ जोश र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्वीकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था नरहेको उनको भनाइ थियो । तर आलोचना सहन नसक्ने उहाँको प्रवृति ठीक नभएको वस्नेतको भनाइ थियो ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...