CG Electronics
IME Life
Ncell NPL

नेपाल पर्यटन महोत्सव २०८० : ‘नेपाल हिरा हो तर कसैले पनि यस्को महत्व बुझ्न सकेनन् ’

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल पर्यटन महोत्सव २०८० विविध कार्यक्रम गरि शनिवार सम्पन्न भएको छ । काठमाडौंको बसन्तपुरमा सम्पन्न महोत्सवमा पर्यटनसंग सम्बन्धित एक दर्जन बढी विषयमा बहस भएका थिए ।

नयाँ वर्ष २०८०को अवसरमा आयोजित दुई दिने नेपाल पर्यटन महोत्सवमा नेपालको पर्यटन संग जोडिएका विविध विषय,क्षेत्र र विधामा आयोजकले भिन्दाभिन्दै रुपमा विषयसंग जोडिएका सम्बन्धित व्यक्ति तथा विज्ञलाई एकै ठाउँमा उभ्याएर छलफल गराएको थियो । ती छलफलले नेपालमा नीतिगतदेखि व्यवहारमा समेत पर्यटन संग सम्बन्धित क्षेत्रमा व्यापक सुधारको खाँचो रहेको उजागर गरेको छ ।

नेपाल ट्राभल एण्ड एक्प्लोरर् सेसनमा नेपाल पर्यटन महोत्सवको दोस्रो दिन सहभागी वक्ताले नेपालमा प्रचुर सम्भावना रहेकाले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सरकारी प्रकृया झन्झटिलो भएको तर्फ ध्यानाकर्षण गराएका थिए ।

विश्व साइकल यात्री पुष्कर शाह तथा घुमन्ते नामले चर्चित युवा भ्लगर कन्चन राईले नेपालको पर्यटन क्षेत्र हिराको रुपमा रहेको बताए । उनीहरुले नेपालमा पर्यटन क्षेत्र निकै व्यापक रहेकाले यो क्षेत्रको विकासका लागि सरकारले सबैभन्दा पहिला सरकारी प्रकृयालाई सहज बनाउनुपर्ने बताए ।

एउटा साइकल लिएर संसार घुमेका विश्व साइल यात्री पुष्कर शाहले नेपाल हिरा भएको बताए ।

उनले भने ‘म यहाँ जन्मेको भएर हैन् मेरो देश भनेर हैन, मैले संसारका १५० देश घुमे ती देशहरुलाई मूल्यांकङ गर्दा नेपाल संसारको सबैभन्दा सुन्दर हिरा हो । हामी हिरामाथि टेकेर हिरा खोजिरहेका छौं ।’

नेपाल प्राकृतिक,धार्मिक सांस्कृतिक विविध रुपमा सम्पन्न गरहेको बताएका उनले प्रकृतिले दिएको देनलाई उपयोग गर्न नेपाल चुकेको टिप्पणी गरे ।

 

नेपालको आन्तरिक पर्यटनलाई चिनाउन भ्लगमार्फत लागेका घुमन्ते कन्चनले नेपालका सबै ठाउँ नयाँ र राम्रो रहेको बताए । उनले नेपालको प्राकृतिक सुन्दरतालाई दाँज्न सिर्जना गरिएका स्वीट्जरल्याण्ड लगायतका युरोप जस्ता कतिपय पर्यटकीय क्षेत्रलाई लिएर निर्माण गरिने भाष्यबाट नेपाली टाढा रहेर आफनो मौलिकपनलाई कायम गनुपर्ने धारणा व्यक्त गरे ।

‘पश्चिम,मध्यपश्मि क्षेत्र, अहिलेको कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्दा जिब्रै टोकिने ठाउँहरु छन् । हामीलाई थाहै थिएन त्यस्तो ठाउँ नेपालमा छ भनेर । बडिमालीका तलको त्रिवेणी पाटन, बझाङको राईढुंगा पाटन । म लेख्दा भन्दा नेपाललाई युरोप जस्तो ,स्वीट्जरल्याण्डजस्तो भनेर दाँज्ने हैन् हामी आफैं नै ती भन्दा राम्रो छौं ।’

सहभागी वक्ताले नेपालको पर्यटन क्षेत्र विकासका लागि गुणात्मक मेनपावर हुनुपर्ने धारणा राख्दै नीति बनाउने ठाउँमा सवल र सक्षम व्यत्ति पुग्नुपर्ने बताए । त्यस्तै,उनीहरुले नीति निर्माणको तहबाटै पर्यटन क्षेत्रलाई उकास्न अहिले सरकारले बनाएको नीति र प्रकृयालाई पुर्नरविचार गरेर व्यवहारमुखि बनाउनुपर्ने निष्कर्ष निकाले ।

नेपाल ट्राभल एण्ड एक्प्लोर सेसनमा सहभागी दुई यात्रीलाई सेसनमा पत्रकार टिपी भूसालले सहजकर्ताको भूमिका निर्वाह गरे ।

कार्यक्रममा शनिवार कृषि पर्यटन : माटो बाटो दोबाटो, हेरिटेज टुरिजम : बसन्तपुर, विश्व सम्पदा र काठमाडौं उपत्यका,पर्यटन बहसः पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास, पर्यटनमा जलवायु परिवर्तनको असरः हिंउ, हिमाल र हिमालय साहित्य र सिर्जनामा पर्यटनः गीत, गजÞल र कविता, सत्यम शिवम सुन्दरम  : ब्लाइन्ड फोल्ड पेन्टिङ, न्युत्य ,युवा पर्यटन अभियान्ता : ट्राभलर एण्ड एक्सप्लोरर् चलचित्र पर्यटनःसीन, सिनेमा र सेलिब्रेटी सेसन : युद्ध पर्यटन, इतिहास र अवस्थिती, फोटो पर्यटन नेचर एण्ड क्याप्चर, पर्यटनमा राजनीति–मिसन,भिजन र भिजिट,कला पर्यटन लगायत विविध विषयमा प्यानल बनाएरै छलफल गरेका थिए ।

त्यस्तै, फोटो पर्यटन नेचर एण्ड क्याप्चर सेसनमा उपस्थित वक्ताले फोटो पत्रकारिताले पर्यटनलाई माथि उठाउन योगदान गरेको भएपनि नेपालमा फोटोग्राफी र फोटोपत्रकारिता गर्नेको हकमा राज्यबाट पनि विभेद भएको गुनासो गरे ।

 

नेपालको फोटो पत्रकारितामा दुई दशक देखि सक्रिय महिला फोटोग्राफर कविता थापाले महिला फोटोग्राफरमाथि विभेद हुने गरेको अनुभव सुनाइन् । त्यस्तै अर्का वक्ता ओमप्रकाश यादव (वाइल्डलाइफ फोटोग्राफर)ले पनि राज्यले सहज रुपमा फोटोग्राफी गर्न सक्ने माहोल बनाउनु पर्नेमा जोड दिए । फोटो पर्यटन नेचर एण्ड क्याप्चर सेसनको सहजकर्ताको रुपमा पत्रकार देवकी विष्टले उनीहरुलाई सहजीकरण गरेकी थिइन् ।

त्यस्तै पर्यटनमा राजनीति–मिसन,भिजन र भिजिट सेसनमा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले नेपालमा बिग्रेको राजनीति हेर्न पनि पर्यटक बोलाउनुपर्ने स्थिति आएको तीतो टिप्पणी गरिन ।

उनले नेतृत्व तहमा लागेको खडेरी शिक्षा,स्वास्थ्य,मानव विकासको सूचकांकदेखि हरेक विकासका पूर्वाधारमा देखिएको भन्दै नीतिगत भ्रष्टाचार बाटै सुधारको पहल गर्नपर्ने बताइन् । दिगो टुरिजम विकासका लागि सरकारले चासो लिएर यस्ता कार्यक्रममा सहभागी बन्न पर्ने हो तर,नीतिगत तहमै पुगेर छलफल र बहस गर्नुर्ने हो तर,त्यो देखिँदैन् ।

उनले नागरिक र नेतृत्व दुवैको तहमा जागरुकताको आवश्यकता रहेको भन्दै नीतिगत तहमा सुधार र स्पष्टताका लागि नागरिकले पनि जिम्मेवार निकायलाई जिम्मेवारी बोध गराउन लाग्नुपर्ने धारणा राखिन ।

‘२०८० मा आउँदा पर्यटन ऐन २०३५ सालको रहेको छ । त्यो वेलाको सम्भावना र अहिलेको सम्भावनामा आकाश जमिनको फरक भैसकेको छ । नेतृत्वलाई नागरिकले या पर्यटन व्यवसायीले राम्रो गरोस या व्यवसाय राम्रो होस भन्ने उत्पादनमा जोडोस भन्दा पनि आत्मकेन्द्रीत राजनीतिमा नेतृत्व रमाइराखेको छ ।’

उनले नेपालमा पर्यटनको राम्रो सम्भावना रहेकाले दिगो अर्थतन्त्र सुधारका लागि पर्यटन क्षेत्रलाई विकास गर्न आवश्यक रहेको तथा पर्यटनलाई उत्पादनसंग जोडेर हाम्रो अर्थतन्त्रलाई दिगो र आत्मनिर्भर बनाउन आवश्यक भएको बताइन् ।

 

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...