CG Electronics
IME Life
NIMB

लघुवित्त पीडितको आन्दोलन माइतघर मण्डलामा : ऋण मिनाहा गर्न माग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । लघुवित्त सस्था विरुद्धको केन्द्रीय संघर्ष समितिले माइतीघर मण्डलामा शनिवार बिहान पाँच बुँदे मागसहित धर्ना दिएको छ ।

धर्नामा उनीहरुले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको माग कार्यन्वयन गर्नुे पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

लघुवित्तीय संस्था खारेजी, निशुल्क ऋण बितरण, सामुहिक ऋण मिनाह लगायतका माग राख्दै १८ माघ ०७८ मा प्रधानमन्त्री देउवालाई उनीहरुले ज्ञापन पत्र बुझाएका दिए ।

उनीहरुले वर्ष दिनअघि गुल्मीबाट आन्दोलन सुरु गरेका थिए । माइतीघर मण्डलमा धर्नारत उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

लघुवित्त संस्थाले राष्ट्र बैंकको निर्देशिका समेत मिचेर काम गर्दै आएको बाउँदै धर्नामा सहभागि मध्येका मनिराम ज्ञवालीले नियम विपरितका काम तत्काल अन्य हुनु पर्ने जानकारी दिए ।

उनले भने, ‘एउटा व्यक्तिलाई दुईभन्दा बढी संस्थाले कर्जा लगानी गर्न नपाउने नियम छ । तर, त्यसलाई मिचेर लुघुवित्त संस्थाले जनतालाई सामाजिक र आर्थिक शोषण गरेको छ । साह्रै ठूलो पीडा छ । हाम्रो आन्दोलन यसैका विरुद्ध हो ।

१ माघ ०७८ मा सुरु भएको हाम्रो आन्दोलन अहिले यहाँ आइपुगेको छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ ।’

 

लघुवित्तले आर्थिक र सामाजिक दुवै शोषण गरेको उनीहरुको दाबी छ । लघुवित्तले निम्त्याएको पीडा क्यान्सरभन्दा पनि घातक रहेको दाबी गर्दै उनीहरुले यसको अन्त्य गर्न सरकारसँग माग गरेका छन् । उनीहरुका अनुसार लघुवित्त आर्थिक र सामाजिक विकासको दुश्मन हो ।

लघुवित्तको आन्दोलनलाई अखिल नेपाल किसान महासंघले ऐकेवद्धता जनाएको छ । महासंघको तर्फबाट आन्दोलनमा सहभागि इश्वरीप्रसाद पाण्डेले पीडितको आवज सरकारले वेवास्ता गर्न नहुने बताए ।

उनले भने, ‘लघुवित्त पीडितको आन्दोलन ‘ग्रासरुट’देखि नै उठेको छ । उनीहरुले व्याज तिर्न सकेका छैनन् । यसको न्यूनिकरण गर्न सरकार तयार हुनुपर्छ । शान्तिपूर्ण ढंगले अहिले आन्दोलन भइरहेको छ । यसलाई सकारले नजरअन्दाज गर्नु भएन ।

 

 

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...