NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

नेपाल बीमा प्राधिकरणद्वारा जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्र र बीमालेख नियमन प्रक्रियासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

ललितपुर, २७ जेठ — नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सेजमा स्नातक तहका छैटौँ तथा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्र र बीमालेख नियमन प्रक्रियासम्बन्धी एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्रसहितको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यास र बीमालेखको विकासका चरण एवं स्वीकृति प्रक्रियालगायतका विषयमा बीमाङ्कीय विज्ञान (Actuarial Science) का विद्यार्थीहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्कीय विज्ञानको अध्ययन एवम् अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले बीमाङ्कीय विज्ञानको अध्ययनको गुणस्तर अभिवृद्धिका लागि नीतिगत व्यवस्था र स्रोत परिचालनमा समेत समन्वय गर्न प्राधिकरण तयार रहेको बताउनुभयो। कार्यकारी निर्देशक सुवेदीले स्वदेशमा बीमाङ्कक (Actuaries) हरूको माग बढ्दै गएको र प्रत्येक बीमा कम्पनीले बीमाङ्कक तथा बीमाङ्कीय विश्लेषक नियुक्त गर्नुपर्ने व्यवस्था समेत गरिएकाले बीमाङ्कीय विज्ञानका विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो अवसर रहेको जानकारी दिनुभयो।

नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदृढीकरणमा बीमाङ्कक तथा बीमाङ्कीय विश्लेषकहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल मल्लले जोखिममा आधारित पूँजीसम्बन्धी मार्गचित्र, कार्यान्वयनको समयसीमा, प्रभावकारिता तथा बीमाङ्ककको भूमिका र सहायक निर्देशक सुधा काफ्लेले बीमालेखको विकासका चरण तथा नियामकीय प्रक्रियासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रमा बीमाङ्ककको आवश्यकता, जोखिम व्यवस्थापनमा जोखिममा आधारित पूँजीको भूमिका र कार्यान्वयन अवस्था, बीमालेखको विकासमा बीमाङ्ककको योगदान र रोजगारीको अवसर लगायतका विषयमा जिज्ञासा राखेका थिए। उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्याथमेटिकल साइन्सेजका निर्देशक नवराज पौडेल तथा कार्यक्रम संयोजक केशव राज फुलारा र स्कुल अफ म्याथमेटिकल साइन्सेजमा स्नातक तहका छैटौँ तथा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...