NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

नेपाल बैंक लिमिटेडको आधिकारिक वेबसाइट अब अपाङ्गतामैत्री

NIMB
leapmotornepal (citroen)

 

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले समावेशी तथा पहुँचयोग्य बैंकिङ सेवा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै आफ्नो आधिकारिक वेबसाइटलाई अपाङ्गतामैत्री बनाएको छ। बैंकले दृष्टिविहीन तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले सहज रूपमा डिजिटल बैंकिङ सेवा उपयोग गर्न सक्ने व्यवस्था गर्दै आफ्नो वेबसाइटमा विभिन्न पहुँचमैत्री सुविधाहरू समावेश गरी सबै वर्गका ग्राहकहरूका लागि समान पहुँचको सुनिश्चितता गरेको छ।

नयाँ व्यवस्था अन्तर्गत वेबसाइटमा स्क्रिन रिडर (Screen Reader) मैत्री संरचना, अक्षरको आकार परिवर्तन गर्न मिल्ने सुविधा (Font Size Change), उच्च कन्ट्रास्ट (High Contrast) को विकल्प तथा दृष्टिविहीन र न्यून दृष्टि भएका व्यक्तिहरूलाई लक्षित गरी अन्य आवश्यक पहुँचसम्बन्धी सुविधाहरू समावेश गरिएका छन्। समावेशी बैंकिङ सेवाप्रति बैंक सधैँ प्रतिबद्ध रहेको र सबै नागरिकलाई सहज, सुरक्षित तथा पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने आफ्नो दायित्वलाई निरन्तर सुदृढ गर्दै लैजाने विश्वास बैंकले व्यक्त गरेको छ।

नेपालभर २३१ शाखाहरू, २४६ एिटिएमका साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यस बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा पुर्‍याउँदै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। कुशल व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...