CG Electronics
IME Life
NIMB

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

NIMB
Himalayan Bank

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका क्रममा आउनु भएका मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटलाई स्वागत गर्न पाउँदा मोक्सी काठमाडौं गौरवान्वित महसुस गर्दछ। उहाँको भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको इनोभेसन, संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति मेरियट इन्टरनेशनलले दिँदै आएको महत्वको ज्वलन्त उदाहरण पनि हो।

श्री मेरियटसँगै मेरियट इन्टरनेशनलका वरिष्ठ नेतृत्व टीम पनि उपस्थित हुनुहुन्थ्यो। टीममा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष श्री राजीव मेनन, एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत (Chief Operating Officer) श्री निराज गोविल, एशिया प्यासिफिकका प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत (Chief Lodging Product & Services Officer) श्री क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष श्री किरण एन्डिकोट, एनआईबीएन (NIBN)का मार्केट उपाध्यक्ष श्री अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक श्री दिलप्रीत सिंह बिन्द्रा सहभागी हुनुहुन्थ्यो।

प्रतिनिधिमण्डललाई मोक्सी काठमाडौंको टीमले न्यानो र जोशिलो स्वागत गरेको थियो, जसले मोक्सी ब्रान्डको जीवन्त ऊर्जा, सिर्जनशीलता र आतिथ्य संस्कृतिलाई झल्काएको थियो। स्वागत कार्यक्रमलाई अझ विशेष बनाउन टीमले आकर्षक फ्ल्यास मोब प्रस्तुति समेत प्रदर्शन गरेको थियो, जसले मोक्सीको रमाइलो र ऊर्जावान पहिचानलाई जीवन्त बनाउँदै अतिथिहरूका लागि अविस्मरणीय स्वागत अनुभव सिर्जना गरेको थियो।

स्वागत समारोहपछि मोक्सी काठमाडौंका क्याप्टेन श्री सुवर्ण थापासँगै श्री मेरियटले होटलको अवलोकन गर्नुभयो। भ्रमणका क्रममा उहाँले होटलको आधुनिक डिजाइन, विविधतायुक्त खानपान सेवा तथा विशिष्ट अतिथि अनुभवहरूको जानकारी लिनुभयो, जसले मोक्सी काठमाडौंलाई नेपालको आतिथ्य क्षेत्रमा अग्रणी लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित गरेको छ।

यस भ्रमणले बोल्ड, आकर्षक र स्मरणीय अनुभव प्रदान गर्ने मोक्सी काठमाडौंको प्रतिबद्धतालाई थप स्पष्ट बनाएको छ। श्री मेरियटलाई आतिथ्यता प्रदान गर्दै होटलको दृष्टिकोण, उपलब्धि तथा नयाँ पुस्ताका यात्रुहरूका लागि आतिथ्य सेवाको नयाँ परिभाषा स्थापित गर्ने प्रयासहरू प्रस्तुत गर्न पाउनु टीमका लागि विशेष अवसर बनेको थियो।

मोक्सी काठमाडौंले आगामी दिनमा पनि जीवन्त र अविस्मरणीय अनुभवहरू सिर्जना गर्दै नेपालमा मेरियट इन्टरनेशनलको उपस्थितिलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...