CG Electronics
IME Life
NIMB

समाजवाद गाडी चढेर र विमानमा उडेर नआउने रहेछ : पर्यटन मन्त्री किराँती

NIMB
Himalayan Bank

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले समाजवादी गाडी चढेर र विमानबाट उडेर नआउने बताएका छन् ।

आईतबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा आयोजित कार्यक्रममा हिन्दू विश्वविद्यालय स्थापनाको सम्बन्धि अवधारणा पत्र बुझ्दै मन्त्री किराँतीले सिङगो समाजको ध्यान समाजवादमा नगएको टिप्पणी गरे ।

उनले भने ‘ मन्त्रालयले अवधारणा पत्रको विस्तृत रुपमा अध्यान गर्नेछौं । हामीले राज्य व्यवस्था समाजवाद उन्मुख छ भनेका छौं । तर समाजवाद गाडी चडेर आउँदैन् रैछ । प्लेन चडेर आकाशबाट खस्दैन रैछ । हामीले सिर्जना गर्नुपर्ने रैछ । ’

उनले पशुपतिनाथका नामबाट शिक्षा, स्वास्थ्य, समाज सेवा जस्ता जनसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रमा समेत क्रियाशील रहन हिन्दू विश्वविद्यालयको परिकल्पना गरिएको बताए ।

हिन्दू विश्वविद्यालय सम्बन्धि परिकल्पनालाई मूर्तरूप दिन नेपालमा सनातनदेखि प्रचलित विभिन्न जात–जातिका धर्म, संस्कृति, लोकमान्यता, तन्त्र–मन्त्र र वेद– वेदाङ्गका विविध पक्षमा खोज, अध्ययन तथा अनुसन्धानको कार्यलाई मान्यताप्राप्त उच्चस्तरीय शैक्षिक संस्थाबाट सञ्चालन गर्न गराउन आवश्यकता भएको हुँदा प्रस्तावित विश्वविद्यालय स्थापनार्थ सम्भाव्यताको अध्ययन गर्न आवश्यक भएको उल्लेख गरिएको छ ।

 

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...